सन्तोषकुमार गुप्ता । दाङ, १२ असोज । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले दशैंपछि टरिगाँउ एयरपोर्टबाट दैनिक उडान हुने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ, १२ असोज । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले दशैंपछि टरिगाँउ एयरपोर्टबाट दैनिक उडान हुने "/>
2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको टरिगाँउ एयरपोर्टबाट दशैं पछि दैनिक उडान हुने

सन्तोषकुमार गुप्ता । दाङ, १२ असोज । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले दशैंपछि टरिगाँउ एयरपोर्टबाट दैनिक उडान हुने जानकारी दिएका छन् । टरिगाउँ एयरपोर्टको बुधवार विहान निरिक्षण गर्दै उनले त्यस्तो कुरा बताएका हुन ।

उनले भने ‘दाङलाई क्षेत्र नं. ५ को प्रादेशिक राजधानी बनाउनका लागि दैनिक उडान अति आवश्यक छ ।’ उनले थपे ‘भोलि प्रादेशिक राजधानी भएमा गर्भनरहरु आउनन्, उच्च अदालतका कर्मचारी, उच्च तहका राजनीतिक दलका नेताहरु नियमित आवात जावात गर्छन तर, त्यस्तोमा विमान नहुँदा समस्या हुन्छ ।’ उनले विमान नियमित नहुँदा एकै दिनमा हुने काम तीन दिनसम्म कुर्नुपर्ने परिस्थिति रहेकोले त्यसको अन्त्यको लागि दशैंपछि वाट टरिगाँउ एयरपोर्टवाट नियमित विमान उडानगराउने गरि पहल गर्ने बताएका हुन ।


आफु प्रदेश नं. ५ को माओवादी केन्द्रको इन्चार्ज भएको नाताले मात्रै हैन यो गठवन्धन सरकारसंगपनि प्रत्यक्ष जोडिएको व्यक्ति भएकोले जसरी भएपनि दैनिक उडान भर्नेगरि पहल थाल्ने बताए । उनले भने ‘ मैले मंगलवार मात्रै यो विषयमा दाङवाटै विभिन्न नेता, मन्त्री, नेपाल एयरलाइन्सका पदाधिकारी र निजी विमान सेवा सञ्चालकहरु संग कुरा गरेको छु र फेरिपनि दाङवाटै आजै फोन गरेर अनुरोध गर्छु ।’

अनुगमनका क्रममा उनले त्यहाँ पुगेका तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव नेत्र वलीलाई तुलसीपुर उद्योग वाणिज्य संघ र घोराही उद्योग वाणिज्यसंघलाई यात्रुको व्यवस्थागर्न सघाउन आग्रह गरेका थिए । पूर्व अर्थमन्त्री पुनले तत्कालिन समस्या समाधानका लागि ट्याङकरवाट इन्धन ल्याएर भएपनि एयरपोर्टमै इन्धनको व्यवस्था राप्ती अञ्चल इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठलाई आग्रह गरेका थिए । पूर्वअर्थमन्त्री पुनले भने ‘ सुर्खैत र नेपालगन्ज तेलभर्न जानुपर्नै बाध्यता अन्त्य गरौं र नेपालगन्जकै भाडादरमा दाङदेखि दैनिक विमान सञ्चालन गरौं ।’ उद्योग वाणिज्य संघका महासचिव वलीले नेपालगन्जकै भाडादरमा दैनिक प्लेन सञ्चालन भएमा यात्रुको जिम्मा लिन आफुहरु तयार रहेको बताएका थिए ।

 

टरिगाँउ एयरपोर्टको स्थलगत अनुगमनमा झन्डै एकघन्टा विताएका नेता पुनले दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले एयरपोर्टको धावन मार्ग विस्तारका सवालमा के कस्ता समस्या छन् भन्ने जानकारी लिएका थिए । उनले स्थानीय विकास अधिकारी रमेश गौतम, टरिगाँउ एयरपोर्टका एयर ट्राफिक प्रभाव रञ्जन, अनुगमनका गएका पत्रकार, नेता एवं सर्वसाधरणहरुलाई एयरपोर्टको दक्षिण तिर धावन मार्ग विस्तारहुँदा के कस्ता समस्या छन् भन्ने वारेमा जिज्ञासा राखेका थिए । टरिगाँउ एयरपोर्टका प्रमुख रञ्जनले धावन मार्गको दक्षिण बेल्टमा धावनमार्ग विस्तार गर्न सकिने सल्लाह दिएका थिए । एयर ट्राफिक प्रभास रञ्जनले एयरपोर्टको टावर रहेको भवन नयाँ निर्माणगर्न जरुरी रहेको र नजिकैको पानी ट्याङ्की अर्काे एउटा समस्या रहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा