2026-07-06 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

निःशुल्कको औषधि किनाउँदै कोसी अस्पताल

गोपाल प्रसाद पोखरेल, असोज १३, मोरङ । पथरी शनिश्चरे–१२ की शर्मिला शर्माको प्रसूतिको शल्यक्रिया गर्दा कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकले रु चार हजार रुपैयाँको औषधि किनाउनुभयो । 

व्यथा लगाउने औषधि सिनटो सिन, शल्यक्रिया गर्दा चिकित्सकले लगाउने ग्लोब, कटन, शल्यक्रिया गरिसकेपछिको घाउ सिउने धागोसमेत चिकित्सकले किन्न लगाउनुभयो । उहाँ मात्र होइन बबिया विर्ताका रोजिना अधिकारीको प्रसूतिको शल्यक्रिया गर्दा पाँच हजार रुपैयाँको औषधि लाग्यो । उहाँका श्रीमान् खेम अधिकारीका अनुसार अस्पतालमा प्रसूति गराउँदा तीनदेखि सात हजारसम्मको शल्यक्रियाका लागि औषधि नै खरिद गर्नु परेको छ । 

रोजिना यतिखेर कोसी अञ्चल अस्पतालको ९१ नम्बरको शय्यामा आराम गरिरहनुभएको छ । शर्मा अस्पतालको ९८ नम्बरको शय्यामा हुनुहुन्छ । उहाँहरु त एउटा सामान्य उदाहरण हुनुहुन्छ । कोसी अञ्चल अस्पतालमा उहाँहरु जस्ता धेरै प्रसूतिको सेवा लिन आएका सर्वसाधारणले सरकारले दिने निःशुल्क प्रसूति सेवाको औषधि प्राप्त गर्नबाट वञ्चित छन् । विगत एक वर्षदेखि कोसी अञ्चल अस्पतालको प्रसूति सेवा लिन आएका बिमारीका परिवारलाई औषधि किनाउने गरिएको छ । 

सरकारले देशैभरका स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क गरेपनि कोसी अञ्चल अस्पतालमा विगत एक वर्षदेखि प्रसूतिको सेवा लिन आएका सर्वसाधारणलाई औषधि किनाउने गरिएको छ । 

पथरी शनिश्चरे–१२ की शर्मिला शर्माका भाइ अनिल शर्माका अनुसार सिनटोसिन, व्यथा लगाउने औषधि, क्याडगड, शल्यक्रिया गरेपछि सिलाउने धागो, एमोक्सी सिलिन, क्लोक्सा सिलिन शल्यक्रिया गरेको घाउ सुकाउने औषधि, पेनकिलर, घाउ दुखेको कम गराउने, एसिलक, ग्यास्टिक घटाउने, कटन शल्यक्रिया गरेको घाउ सफा गरेर छोप्ने कपडा, ग्लोब शल्यक्रिया गर्ने मान्छेले लगाउने पञ्जा लगायतका औषधि तथा औषधिजन्य सामग्री किनाउने गरेको पीडितको भनाइ छ । 

कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलका अनुसार सरकारले औषधि खरिद गर्ने रकम नपाएकाले अस्पतालले औषधि किन्न नसकेपछि सामान्य औषधि किन्न लगाएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा नभएका औषधि किन्न लगाएका हौँ ।” सो अस्पतालमा वर्षमा करिब दुई हजार पाँचसय सर्वसाधारणको प्रसूतिको शल्यक्रिया हुने गरेको छ । 

एकजना प्रसूतिको शल्यक्रिया गर्ने सेवाग्राहीलाई डाक्टरले दुई हजार पाँचसयको औषधि किनाउँदा वर्षमा रु ५० लाखको औषधि सर्वसाधारणले किन्छन् । अब सरकारले सर्वसाधारणलाई प्रदान गर्ने निःशुल्क प्रसूति सेवाका औषधि नपाउँदा सर्वसाधारणले अस्पताल प्रशासनप्रति शङ्का गर्न थालेको रोजिनाका श्रीमान् खेम अधिकारीको भनाइ छ । 

प्रसूति सेवाका लागि औषधि प्रत्येक वर्ष आइरहेको अस्पताल प्रशासनको भनाइ छ । तर अस्पतालले प्रसूति सेवा लिन आएका सर्वसाधारणलाई मर्कापर्नेगरी औषधि किनाएकामा सर्वसाधारण आक्रोशित छन् । 

स्थानीय सुभाष कामतका अनुसार एक वर्षदेखि अस्पतालले प्रसूतिका सेवाग्राहीलाई रु पाँचहजार देखि १० हजार रुपैयाँसम्मको औषधि किनाउने गरेको छ । सो अस्पतालमा दैनिक एक हजार सर्वसाधारण सेवा लिन आउने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै