Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग

By kit 4 मिनेट पढाइ

असोज १३, रोल्पा । रोल्पा जिल्लाका सामुदायिक विद्यालयमा करिब चारसय शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ ।

जिल्लामा आधारभूत र माध्यमिक गरी चारसय सातवटा विद्यालयमा ८३ हजार नौ सय ९३ विद्यार्थी रहेका छन् भने शिक्षकको सङ्ख्या एक हजार तीन सय ३४ मात्र रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए ।

पदपूर्ति भएका शिक्षकमध्ये एक हजार ८८ मात्र शुद्ध दरबन्दीका रहेका र बाँकी दुई सय ४६ शिक्षक राहत दरबन्दीका भएको पौडेलले बताए। पछिल्ला दिनमा सामुदायिक विद्यालयको पठनपाठनमा सुधार हुँदै गएका कारण विद्यार्थीको आकर्षण बढ्दै जाँदा यस्तो भार बढेको हुनसक्ने बालकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य सीताराम डाँगीले जानकारी दिए ।

हाल निजी स्रोतबाट शिक्षक व्यवस्थापन गरिरहेको बताउँदै लामो समयसम्म व्ययभार व्यहोर्न सक्ने रोल्पालीको आर्थिक क्षमता नभएका कारण सरकारले अविलम्ब दरबन्दी व्यवस्था गरिदिनुपर्ने नेपाल शिक्षक महासङ्घ, रोल्पाका अध्यक्ष तथा जनसेवा मावि, राङ्सीका प्रधानाध्यापक भीमप्रकाश पुनले बताए ।

जिल्लामा शिक्षक दरबन्दी कम भएको महसुस भई आवश्यक व्यवस्थापनका लागि रोल्पाको सर्वदलीय टोली केही दिनअगाडि प्रधानमन्त्री कार्यालयमा गई कुरा राखेको हुँदा माग पूरा हुनेमा आफूहरु आशावादी रहेको नेपाली काँग्रेस, रोल्पाका प्रतिनिधि किशोर आचार्यले बताए ।

माध्यमिक तहको शिक्षा निःशुल्क भनिए पनि रोल्पालीले अझै विभिन्न बहानामा शिक्षा किन्नु परिरहेकोमा अभिभावकले दुखेसो पोखेका छन् । रासस