Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

राष्ट्रपतिद्धारा फेवातालको जलकुम्भी झिक्ने अभियानको एक्यबद्धता

k By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल सुबेदी/असोज १३, पोखरा । बुधबार पोखरा आएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखराको फेवातालमा रहेको जलकुम्भी झिक्ने अभियानमा एक्यबद्धता जनाएकी छन् ।

छोरी सँगै आएकी उनले जलकुम्भी झार तानेर कार्यक्रमलाई ऐकिबद्धता जनाएकी हुन । पछिल्लो समय फेवाताल प्रदुशित हुदै गइरहेकोमा राष्ट्रपति भन्डारीले चिन्ता ब्यक्त गरिन् ।

ताल  सरसफाइ अभियानलाई छोरीले पनि साथ दिइन् । यसै बिच नागरिक समाज कास्कीले आजै राष्ट्रपति भन्डारी समक्ष ७ बुदे ज्ञापन पत्र समेत बुझाएको छ । सरकारको तर्फबाट ताल संरक्षणमा कुनै पनि सहयोग नभएकोले राष्ट्रपति भन्डारी समक्ष ज्ञापन पत्र बुझाएको समाजका संयोजक एवम् नागरिक अगुवा राम बहादुर पौडेलले बताए ।

फिर्केखोला सरसफाइ अन्तर्गतको आज अन्तिम दिन फेवाताल सफाइ गरेर सकिएको उनले जानाकारी दिए । ‘उनले भने अब पोखरा  बजारका चोकहरु सरसफाइ गरिनेछ ।' आज फेवातालको खपौदीबाट सुरु भएको  सरसफाइ कार्यक्रम बाराही घाटमा आएर सकिएको जानाकारी दिए ।

अब तालको सरसफाइ गर्न स्थानिय संघ सस्थालाई जिम्मा दिएको बताए । यसैगरी राष्ट्रिपति विद्यादेवी भण्डारीले आजै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेम बहादुर प्रधानद्धारा स्थापित र समितिबाट सञ्चालीत पुरस्कारबाट  सत्यमोहन जोशीलाई राष्ट्रिपति विद्यादेवी भण्डारी सम्मान  गरिन  ।

सम्मानको राशि नगद एक लाख एक हजार रुपैया, दोसल्ला र सम्मानपत्र रहेको थियो ।  तस्बिर: सन्जय शाक्य