असोज १४, खोटाङ । न्यून मूल्यमा जिल्ला अस्पताल खोटाङको उपकरण लिलाम गर्नमा संलग्न कर्मचारीलाई कारबाही गर्न जिल्लाका राजनीतिक दलले माग गरेका छन् ।

स्थानीय शान्ति समितिको कार्यालयमा विहिबार बसेको सर्वदलीय बैठकले कवाडीको दाममा अस्पतालको उपकरण लिलाम बिक्री गर्ने दोषी कर्मचारीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन प्रशासनसमक्ष माग गरेका हुन् ।

मर्मत गर्दा कामलाग्ने एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली, शय्या लगायतका ११२ थरीका उपकरण तथा सामानलाई न्यून मूल्यमा लिलाम गरिएको जनगुनासो चुलिँदै गएको बेला सर्वदलीय बैठकले दोषीलाई छाड्न नहुने निर्णय गरेको स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले बताउनुभयो ।

जिल्ला अस्पतालले जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० थरीका उपकरण तथा सामान २६ हजार ५०० मा लिलाम बिक्री गरेको सात महिनापछि खुलासा भएको थियो ।

सर्वदलीय बैठकमा बोलाइएका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले लिलाम उपकरण तथा सामानका विषयमा छानबिन गर्न दुई दिनको समय मागेका कारण त्यतिन्जेल पर्खने र चित्तबुझ्दो कारबाही नभए विरोधका कार्यक्रम गर्ने संयोजक राईले जानकारी दिनुभयो ।

अस्पताल विकास समितिलाई नै जानकारी नदिई सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पु¥याइनुमा मिलोमतोको आशङका गरिएको छ । रासस

अस्पतालको उपकरण लिलाममा संलग्न कर्मचारीमाथि कारबाही माग
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment