२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्री प्रचण्डबारे गलत प्रचार गरेको आरोपमा म्यानपावरका बुटवल एजेन्ट राना पक्राउ

२०८०, १ श्रावण सोमबार ०९:५०

साउन १, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा लेखेको आरोपमा देवदह नगरपालिका-८ का टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलमा पक्राउ परेका हुन् ।


केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट रानालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए ।

उनलाई काठमाण्डौमा साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने थापाले बताए । रानाले प्रधानमन्त्रीको फोटोसँगै जोडेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत नक्कली विवरणसहितको तस्वीर बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

राना बिभिन्न म्यानपावरका बुटवल एजेन्ट समेत हुन् । वैदेशिक रोजगार बिभागको टोलीले बुटवलमा अनुगमन गर्ने क्रममा रानाले बुटवलमा रहेर म्यानपावरहरुलाई कामदार सेट गर्ने दर्जनौं एजेन्टहरुको व्हाट्सएप ग्रुपमा एडमिनको भूमिका खेलेका थिए । साथै उनले संचालन गरेको अवैध कार्यालयमा बिभाग टोलीले छापा मारेर कागजात बरामद गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु