२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँको साँखरमा दुई माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते

२०८०, ९ श्रावण मंगलवार ०३:४२

साउन ९, तनहुँ | पृथ्वीराज मार्गमा पर्ने तनहुँको साँखरमा दुई माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा माइक्रो बस एक आपसमा ठोकिँदा दुर्घटनामा परि माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए |

मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५१७९ नम्बरको माईक्रो मङ्लगबार राती ९:२० बजे  एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते हुनेमा  तनहुँको ब्यास नगरपालिका–४ बस्ने २५ वर्षीय गणेश राई, कास्की पोखरा महानगरपालिका–२१ बस्ने ४१ वर्षीय विजय पौडेल,  ४५ वर्षीय प्रेम ठकुरी, १९ वर्षीय रोशन ठकुरी, पोखरा महानगरपालिका–१४ बस्ने ४४ वर्षीय मनोज तामाङ, ३६ वर्षीय सबिता श्रेष्ठ तामाङ घाइते हुनु भएको छ । यसै गरी रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ बस्ने २६ वर्षीय प्रमोद चौधरी र दोलखा दार्जे गाउँपालिका–२१ बस्ने १८ वर्षीय आइजन गुरुङ, धादिङ नीलकण्ठ नगरपालिका–१ बस्ने २४ वर्षीय राजु गिरी, गोरखा जिल्लाको पालुङटार नगरपालिका–६ बस्ने ३६ वर्षीय रामप्रसाद गुरुङ, तनहुँको व्यास नगरपालिका– ११ बस्ने ४० वर्षीय डिल्लीराम भुजेल, कास्की जिल्लाको पोखरा महानगरपालिका–१४ बस्ने ३८ वर्षीय लेकाली गुरुङको रहेको प्रहरीले जनाए |

घाइतेहरू मध्ये चार जनाको उपचार आँबुखैरेनी अस्पतालमा भइरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए |

दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु