२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

किसानलाई मल र बीउ अभाव हुन दिन्नौँ : मन्त्री मोदी

९ श्रावण २०८०, मंगलवार ११:०६

साउन ९, विराटनगर | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उहाँले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे । सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपउलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए ।

सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो । कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए । कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले किसानलाई पर्याप्त सिँचाइको व्यवस्था गर्न आवश्यक भएको उल्लेख गर्दै नहरमा पानीको मात्रा बढाउन सुझाव दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव कृष्णप्रसाद नेपालले पाँच दशक अघि बनेको यो नहरको संरचनालाई बलियो बनाउन अध्ययन भएको र केही समयभित्रै सुनसरीको सुनसरी खोला र मोरङको लोहन्द्रा खोलाको पानी नहरमा हाल्ने योजना रहेको जानकारी दिए ।

सुनसरी मोरङ सिँचाइ आयोजनाका निर्देशक भीलानन्द यादवले सन् १९७० मा बनेको उक्त नहरबाट सुनसरीमा ४० हजार हेक्टर र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगिरहेको अवस्थामा यो नहरलाई व्यवस्थित तथा बलियो बनाउन अझै धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

जल उपभोक्ता केन्द्रीय समन्वय समिति चतरा मूल नहर सुनसरी मोरङ सिँचाइ आयोजनाका अध्यक्ष तपन दासले किसानको जीवनस्तर बढाउन नहरमा बाह्रैमहिना पानी सञ्चालन हुनुपर्ने जिकिर गर्दै नहरलाई व्यवस्थित बनाउन सरकारले योजनावद्धरुपमा काम गर्नुपर्ने धारणा राखे ।

बेलबारी नगरपालिकाका प्रमुख दीलबहादुर राईले नहर र पुल भत्किँदा यहाँ धेरै नागरिकले दुःख पाएको उल्लेख गर्दै निर्माणमा ढिलासुस्ती गर्न नहुने बताए । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरको चतरामूल नहरको ४१ किमीस्थित सो नहरको साइफन र पुल २०७४ सालको बाढीले बगाएको थियो ।

बाढीले पुल बगाएपछि पूर्वतर्फको १० हजार हेक्टर जग्गामा नहरको पानी पुग्न सकेको थिएन । यातायातका लागि महत्वपूर्ण मानिएको सो पुल भएर सवारीसाधन आवागमनमा समस्या भएको थियो ।

साइफन र पुलसँगसँगै निर्माण गर्न सुनसरी मोरङ सिँचाइ आयोजनाले रु ३४ करोड २४ लाखमा ठेक्का लगाएको थियो । उक्त पुलको लम्बाई १५३ दशमलव ३० मिटर र चौडाई साढे सात मिटर तथा साइफनको लम्बाई १९४ मिटर रहेको आयोजनाका डिभिजनल इञ्जीनीयर राजेशभक्त पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृ-त्यु, २ घाइते पोखराविरुद्ध टस जितेर सुरुमा ब्याटिङ गर्दै विराटनगर रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै यस्तो रहने छ आजको मौसम ! एनपिएलमा आज पनि दुई खेल हुदैँ, पहिलो खेलमा विराटनगर र पोखराबीच हुँदै निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्याे: प्रधानमन्त्री ओली लुम्बिनीलाई १८ रनले हराउदै काठमाडौँको दोस्रो जित, प्लेअफबाट बाहिरियो लुम्बिनी लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक लुम्बिनीको सातौं विकेट पतन लुम्बिनीको चौथो विकेट पतन, ८ रन बनाएर आउट भए रोहित पौडेल रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन आज पनि रास्वपाको प्रदर्शन,पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य काठमाडौं पशुपतिको वनकालीमा एक पुरुष मृत फेला