2026-07-25 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज साउन १५ अर्थात खीर खाने दिन

साउन १५, काठमाडौँ | साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। साउन १५ मा दूधको खीर खाएर असार साउनमा लागेको चिसो भगाउने चलन छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। 

दूधमा स्थानीय जातका चामल, घ्यू, सख्खर वा चिनी, नरिवल, छोकडा, बदाम, काजु, किसमिस जस्ता खाने मसला र ल्वाङ, सुकुमेल, मरीच, दालचिनीजस्ता मसला कुटेर मिसाएपछि खीर बन्छ । धार्मिक आस्था राख्नेहरूले खीरलाई शुद्ध परिकारका रूपमा समेत लिन्छन् । स्वादिलो एवं पोषिलो खानाको परिकार खीरलाई स्वास्थ्यको लागि अमृतसमान मानिन्छ ।

आजको दिनमा खीर पकाई सबै परिवार जम्मा भएर खाने परम्परा छ । नेपाल कृषिप्रधान देश भएकोले कृषकहरूको रोपाईँ सकिएपछि खुसीयाली स्वरूप खीर खाने परम्परा परापूर्वकालदेखि नै मनाइँदै आइएको छ । खीरलाई पौष्टिक तत्वहरू धेरै भएको खानाका रुपमा मानिने चिकित्सकहरू बताउँछन् ।

खीर खानुका फाइदाहरू पनि धरै छन् । साउने झरीमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ । त्यसको लागि रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर मानिन्छ । खीरमा मिसाइने चामलमा अत्याधिक मात्रामा कार्बोहाइड्रेट पाइने कारण यसको सेवनले शरीरलाई शक्ति प्रदान गर्न मद्दत गर्छ ।

खीरको सेवनबाट शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ति हुन्छ । खीरमा मिसाइने काजु बदाम किसमिसहरूमा प्रशस्त मात्रामा भिटामिन, मिनरल (खनिज) पाइन्छ । घ्यू हालेर खीर बनाउँदा घ्यूको मात्राले शरीरमा चाहिने फ्याटको मात्रालाई पूरा गर्छ । यसका साथै खीर नरम खाना भएको कारणले यो गर्मी मौसममा जस्तै बिरामीले पनि सहजै पचाउन सक्छन् । त्यस्तै गाईको दूधमा बनाइने खीरबाट प्रशस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यसमा साथै दूधमा बनाइने खीरमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।

खीर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो । तर, दूध र चिनी खान नहुने मान्छेले खीर खान नहुने बताइन्छ । ग्यास्ट्रिकका बिरामीले पनि खीर खाँदा सावधानी पु-याउनुपर्छ । पाचन प्रणाली कमजोर भएको बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खाँदा पाचन प्रक्रिया सहज हुन्छ ।

नेपाली समाजमा बालबालिकालाई अन्नप्राशन (पास्नी) मा सबैभन्दा पहिला खीर नै खुवाइन्छ । बुढाबुढी भएर अन्य खानेकुरा खान नसक्दा तागतिलो खानाका रूपमा पनि खीरकै नाम आउँछ । खीरमा क्याल्सियम, कार्बोहाइड्रेटलगायत विभिन्न तत्व पाइन्छ । खीरले बालबालिकादेखि वृद्ध वृद्धाको स्वास्थ्यलाई समेत फाइदा गर्छ । बालबालिकाको वृद्धि विकासमा पनि ठूलो मद्दत गर्छ भने बिरामी भएका वा शारीरिक रूपमा कमजोर भएकालाई पनि शक्ति प्रदान गर्छ ।

साउन १५ मा खीर खाने चलनले हाम्रो सांस्कृतिक महत्वलाई मात्र दर्साउँदैन, पारिवारिक जमघट र आफन्तहरुबीचको सामिप्यतालाई अझ प्रगाढ बनाउँछ । साउन १५ मा खीर खाने चलनजस्ता सांस्कृतिक परम्परा नै हाम्रो देशको मौलिक पहिचान पनि हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ