2026-07-24 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेदरल्याण्ड पठाइदिने भन्दै ४४ लाख ठग्ने प्रहरीको फन्दामा

साउन १५, काठमाडौँ | नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनासँग ४४ लाख ५० हजार रुपैयाँ ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने कपिल बर्मालाई पक्राउ गरेको हो । 

उनले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाईदिने भन्दै  जनही १२ लाख रुपैयाँ लाग्ने बताएका छन् । 

यस्तै नेदरल्याण्ड पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाएका थिए । सोही अनुसार उनले पीडितहरूबाट पटकपटक गरी चवालिस लाख पचास हजार रुपैयाँ उठाएर सम्पर्क विहीन भएपछि पीडितहरुले ठगीको उजुरी दिएका थिए । 

जसअनुसार वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा बर्मालाई मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक