२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लुटपाटको उद्देश्यले रोहितको हत्या

२०८०, १७ श्रावण बुधबार १०:४९

साउन १७, विराटनगर | विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको  गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

साउन ५  गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।


पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् । उनीहरू दुवै लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको दाबी छ । तिम्सिना जवरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति रहेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

उनका अनुसार पक्राउ परेकाहरु सिलसिलेबर चोरी र लुटपाटको घटनामा संलग्न छन् । धरान-इटहरी सडक खण्डमा भएको चारवटा लुटपाटका घटनामा संलग्न रहेको उनले बताए । उनीहरूले गत असार ८, असार १३, असार ३१ गते पनि लुटपाट गरेका थिए ।

पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको डीआईजी बास्तोलाले बताए ।

२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा उनीमाथि  धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ उनीमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट गम्भीर  घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका  क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण