सङ्कल्प/पर्वत. पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  सङ्कल्प/पर्वत. पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता "/>
2026-09-19 10:19 PM
पर्बत - PBT

पुर्णेश्वरमा स्वागत तथा खेलकुद सामग्री प्रदान कार्यक्रम

 सङ्कल्प/पर्वत.
पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता तथा बिद्यालयका प्राचार्य सरोज के.शि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सधैझै यस बर्ष पनि आफ्नो शैक्षिक लक्ष्य बोकि बिद्यालयमा नवआगन्तुक बिद्यार्थीलाई शैक्षिक सफलताको निम्ति कलम, अबिर र पुस्पगुच्छाले स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै बिद्यालयका शिक्षक तथा शिक्षिकाले बिद्यार्थीको लगनशीलता तथा सक्षमताले बिद्यालयले जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेको समयमा आगामी दिनमा पनि नवआगन्तुक विद्यार्थीले यस्तै उत्कृस्ट नतिजा बिद्यालयलाई दिलाउन कुशलता साथ अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।

त्यस्तै सोही कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला समिती पर्वतद्वारा बिद्यालयको समग्र खेलकुद क्षेत्रको बिकासका निम्ति बिद्यालयलाई आवश्यक खेलकुद सामाग्री समेत प्रदान गरिएको थियो ।

खेलकुद सामाग्री पुर्णेश्वर इकाइ कमिटीका अध्यक्ष सन्देश सुवेदीले बिद्यालयका प्राचार्य सरोज के.शि लाई प्रदान गर्नुभएको थियो ।

कक्षा १२ का छात्र कमल सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्राचार्य सरोज के.शि , शिक्षक टंकलाल भुसाल तथा लक्ष्मी अधिकारीले मन्तव्य राख्नुभएको थियो भने स्वागत हुने विद्यार्थीको तर्फबाट अन्जु सुवेदीले आफ्नो मन्तव्य राख्नुभएको थियो । साथै कार्यक्रममा ममता नेपाली ,करिश्मा नेपाली, मन्जु लामिछाने , मिना तिवारी , बिपना तिवारी, उषा तिवारी लगायतले गितमार्फत नवआगन्तुक विद्यार्थीको शैक्षिक अवस्था समुज्वल रहोस भन्ने कामना गरेका थिए भने कार्यक्रमको संचालन शिव सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो