भाष्कर केसी/असोज १५, कञ्चनपुर  । आज विहान महाकाली अञ्चल अस्पतालका बिरामीहरुलाई फलफलु र समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई चाउचाउ तथा फलफुल वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भाष्कर केसी/असोज १५, कञ्चनपुर  । आज विहान महाकाली अञ्चल अस्पतालका बिरामीहरुलाई फलफलु र समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई चाउचाउ तथा फलफुल वि"/>

2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यताका साथ सम्पन्न


भाष्कर केसी/असोज १५, कञ्चनपुर  । जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आज विहान महाकाली अञ्चल अस्पतालका बिरामीहरुलाई फलफलु र समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई चाउचाउ तथा फलफुल वितरण गरिएको थियो । त्यसैगरी शुक्रबार बेतकोट नगरपालिकाको रौटेला स्थित वृद्धाश्रममा वृद्धवृद्धालाई फलफुल र कपडा वितरण गरेको थियो । 

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा एक समारोहको आयोजना गरी धुमधाम सँग मनाइएको छ । समारोहमा ९० वर्ष भन्दा बढी भएका क्यापटन शशिराम क्षेत्री, क्यापटन पदम थापा, धनमाया भण्डारी र हरुली देवी नेगीलाई सम्मान स्वरुप दोसल्ला प्रमाणपत्र र नगद रु. ५००।– प्रदान गरिएको थियो । 

विभिन्न विद्यालयका विद्यार्थीहरु बिच संगीत प्रतियोगिता, महिला लोकगीत प्रतियोगिता आयोजना गरिएको थियो । जसमा महिलाहरु तर्फ प्रथम, द्वितिय, तृतिय क्रमशः गरिमा बम, सरस्वती रावल र सरस्वती दाहल भएका थिए, भने छात्र–छात्रा तर्फ तेज बहादुर बोहरा, गोबिन्द बोहरा दिपा भट्ट भएका थिए उनीहरुलाई प्रमाण पत्र र नगद रु ५००, ३००,२००।– प्रदान गरिएको थियो । 

जेष्ठ नागरिक समाज कञ्चनपुरका अध्यक्ष गंगाराम गिरीको सभापतित्वमा भएको उक्त समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका भु.पु. माननिय गंगा दत्त जोशी रहनु भएको थियो भने कार्यक्रम संचालन गोबिन्द सिह विष्टले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई