२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दोलखा पहिरो अपडेट : दुई शव फेला, दुई जना अझै बेपत्ता

२०८०, १९ श्रावण शुक्रबार १२:२२

 साउन १९, काठमाडौँ | दोलखाको गौरीशंकर गाउँपालिका–७ मा बिहीबार राति गएको पहिरोमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा बेपत्ता थप एक महिलाको शव फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो । 

पहिरोमा पुरिएको अवस्थाबाट मार्वु टोपाटारकी ५० वर्षीया देवीमाया मगरको शव फेला परेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए । शुक्रबार दिउँ मार्वु टोपाटारकै १५ महिने नाबालक प्रिन्स थामीको शव फेला परेको थियो । टोपाटार पहिरोका गम्भीर घाइते भएका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गौरीशंकर–७ मार्बु टोपाटार पहिरोमा परी घाइते भएका ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ ।

यस्तै पहिरोमा परी घाइते भएकी बुहारी सिता थामीको थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए । पहिरोमा परी दुईजना अझै बेपत्ता छन् बेपत्ता हुनेमा सोही स्थानका ६० वर्षीय कृष्णमगर र ४९ वर्षीय हरिला श्रेष्ठ रहेका छन् । पहिरोमा बेपत्ता ३ जनाको नेपाली सेना, जनपद र सशस्त्र प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् । पहिरोले गौरीशंकर–८ खारेको सल्लेमा ५ घर बगाएको छ । थप १५ घर विस्थापित बनेका छन् ।

पहिरोमा स्थानीयका ६२ वटा बाख्रा र एक भैंसी मरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ