जर्वजस्ती मोहत्सव लगाउन खोजे कुनै सहयोग र समर्थन नरहने चेतावनी         

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जर्वजस्ती मोहत्सव लगाउन खोजे कुनै सहयोग र समर्थन नरहने चेतावनी         

2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ सुचना मोहत्सव छड पर्व पछि लगाउन काँग्रेस लालमटियाको आग्रह


जर्वजस्ती मोहत्सव लगाउन खोजे कुनै सहयोग र समर्थन नरहने चेतावनी         

असोज  १५ देउखुरी । देउखुरीको भालुवाङमा सञ्चालन हुन लागेको सुचना तथा व्यापारिक मोहत्सव छड पर्व पछि लगाउन नेपाली काँग्रेस लालमटियाले आयोजकलाई आग्रह गरेको छ । नेपाली काँग्रेस लालमटियाले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी दशैँ, तिहारको बीचमा मोहत्सव सञ्चालन नगर्न आग्रह गरेको छ । गत बर्षको लामो नाकाबन्दी तथा बन्द हड्तालबाट स्थानिय बजार व्यवसाय आकान्त भई व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाई भई व्यापार व्यवसायमा कमी आईरहेको बेला केही समय यता व्यापारमा सुधार भई दशैँ तिहार र छड पर्व बन्दबाट भएको क्षतिलाई कम हुने व्यापारीहरुमा आसा पलाएको अवस्थामा ११ दिने मोहत्सवले असर गर्ने भएको हुँदा छड पर्व पछि मात्र मोहत्सव लागाउन आग्रह गरेको छ ।

 

मोहत्सव सार्न आम व्यापारी तथा राप्ती उद्योग बाणिज्य संघ तथा गाविसमा क्रियाशिल अन्य राजनितिकदलहरुले आग्रह गर्दा समेत आयोजकले मोहत्सव सार्न नचाहेको भन्दै सोही मितिमै मोहत्सव सञ्चालन गरे नेपाली काँग्रेस लालमटियाले कुनै सहयोग र समर्थन नरहने भन्दै उद्योग बाणिज्य संघले लिएको निर्णयको स्वागत गदै एक्यबद्धता रहेको जारी विज्ञप्तीमा उल्लेख छ । ईकाई सभापति दुर्योधन पाण्डे द्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ । यो समय मोहत्सव लगाउन व्यापारी तथा किसानहरुका लागि समेत अनुकुल अवस्था नभएकोले मोहत्सवको मिति सारेर उद्योगी, व्यापारी, राजनतिक दलहरुको आपसी सहमतिमा छड पर्व पछि मात्र लगाउन नेपाल काँग्रेस लालमटियाले आयोजक संग आग्रह गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

यता मोहत्सव आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिक तथा इन्द्रणी युवा क्लब पुल्चोक भालुवाङले भने सोही मिति मै मोहत्सव सञ्चालन हुने भन्दै मोहत्सव प्रचार—प्रसारमा समेत लागेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले स्वीकृत दिएको असोज २८ गते देखि कात्र्तिक ९ गते सम्म नै मोहत्सव सञ्चालन हुने आयोजक राप्तीद्धार राष्ट्रिय साप्ताहिकका सम्पादक केशव बोहराले जानकारी दिए । मोहत्सवका लागि कलाकार बुकिङ्ग र प्रचारप्रंसारको काम भईरहेको समेत बोहराले बताए । अब एक दुई दिन मै मोहत्सवका लागि सामानहरु समेत आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक