सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सिसहनियाँ—५ कालापानी स्थीत खौराह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सिसहनियाँ—५ कालापानी स्थीत खौराह"/>
2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँ कृषि सहकारीको सातौँ साधारण सभा सम्पन्न

सन्तोषकुमार गुप्ता । असोज १५ देउखुरी । देउखुरीको सिसहनियाँ कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा शनिवार सिसहनियाँ—५ कालापानी स्थीत खौराहबाबा पर्यटकीय स्थलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण राउतको अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक कार्ययोजना प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायण राउतले आर्थिक वर्ष २०७३÷०७४ मा सहकारी कृषि खेती गर्ने, संस्थाको भवन निमार्ण गर्ने, संस्थाको कारोवार ८ करोड सम्म पु¥याउने, सहकारी अवलोकन भ्रमण गर्ने, स्टक जाँच गर्ने, शेयर मुल्याङकन गर्ने लगायतका विषयमा जानकारी गराएका थिए । 


सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश विष्ट र लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक रामनारायण चौधरीले प्रस्तुत गर्नु भएको थियो । संस्थाकी उपाध्यक्ष भगवता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिक, प्रभात बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष शनिराम चौधरी, पत्रकार ओमप्रकाश गुप्ता र संस्थाका सल्लाहाकार धर्मराज वैरागी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा संस्थाले सञ्चालन गरेको सस्तो पसलको नियमित ग्राहकको रुपमा सिसहनियाँ—५ पहरुवाका बासुदेव ज्ञवाली, सोही ठाउँका शिशिर चौधरी, कालापानीका शिवनारायण चौधरी र भगवानपुरका कुजु चौधरीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो भने उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव गरिवु चौधरीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा