Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज १५ गते, दिउँसो २:१२ बजे
दाङ्ग - DNG

देउखुरीको महाप्रभु सहकारीको नवौँ बार्षिक साधारण सभा सम्पन्न

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता, देउखुरी १५ असोज । देउखुरीको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी बैङ्कका शाखा प्रबन्धक नारायणप्रसाद बेल्बासेको बिशिष्ट आतिथ्यमा भएको सभामा संस्थाका सचिव हिमानन्द पाण्डेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण पौडेलले आर्थिक प्रतिवेदन तथा लेखा समिती संयोजक नुमानन्द सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका शिक्षा समितीकी सदस्य शारदा भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाले गा्रमिण भेगका उद्यमी, किसानहरुलाई अधिकतम सेवा प्रभाव गर्नु पर्ने बताएका थिए । उनीहरुले सहकारी संस्था अझै पनि गरिब गुरुवाको घर सम्म पुग्न नसकेको भन्दै गा्रमिणमुखि हुनुपर्ने बताएका थिए । सो अवसरमा संस्थाले जेष्ठ नागरिक सधनी चौधरी, गंगाराम पोख्रेल, असल बचतकर्ता सुर्यबहादुर गिरी, असल ऋणी भुमिदेवी पुन, असल बाल बचतकर्ता प्रमिला चौधरीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । कार्यक्रममा स्वर्गद्धारी गा्रमिण बिद्युत सहकारी संस्थाका अध्यक्ष बिश्वराज आचार्य, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, लालमटिया गाविस सचिव दामोदर पोख्रेल र पत्रकार महेश रिजाल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमानन्द पाण्डेले गरेका थिए ।