२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

युवा सम्मेलन र शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

१५ आश्विन २०७३, शनिबार १६:२८

रबिन्द्र यादव/ असोज १५ नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले भुजहवा गाउँ विकास समिति मा युवा सम्मेलन र शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंचका अध्यक्ष धिरज त्रिपाठी को अध्यक्षतामा भएको कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अलि अन्सारी प्रमुख अतिथि रहनु भएको थियो ।


प्रमुख अतिथि रहनु भएका अन्सारीले युवा नेतृत्व क्षमता अभिवृद्धि मा मंचले खेलेको भुमिका को सरहना गर्नु भएको थियोे साथै आजको आवश्यकता युवाको एकता रहेकोमा जोड दिदै मंचले कुनै राजनीतिक संगठन संग आबध्द न रहि समाजिक क्रियाकलाप, शिक्षा, युवा रोजगार, चेलिबेटी बेचबिखन रोकथाम, लागू अौषध दुर्बेसनी रोकथाम लगायतका जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने सुझाव दिनु भएको थियोे । सो कार्यक्रममा मंचका सचिव रामेश्वर कोइरी, भानु चौहान, सुनिल पटेवा, धर्मेन्द्र मौर्या, मातृका जैसवाल, आयुष खरवार, मनोज यादव लगायतले सम्बोधन र बडा दशैको शुभकामना दिनु भएको थियोे भने इसरायल अन्सारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा संचालन शिवेन्द्र यादव गर्नु भएको थियो ।

साथै मंचले अम्मर यादवको नेतृत्वमा ११ सदस्यीय उप समिति समेत गठन गरेको छ जसमा उपाध्यक्ष अंगिरा यादव, सचिव शिवेन्द्र यादव, कोषाध्यक्ष सरस्वती कोइरी, सह सचिव सोनमति हरिजन लगायतका रहनु भएको छ । हाल मधेस युवा उत्थान विकास मंच नवलपरासीले जिल्लाको पक्लिहवा, हरपुर, गुठी परसौनी, रमपुरवाँ  लगायतका गाउँ विकास समितिहरुमा उप समिति गठन र जनचेतनामूलक कार्यक्रम गरि सकेको तथा अन्य गाविसहरुमा समेत यस्तै कार्यक्रम गरिने मंचका अध्यक्ष धिरज त्रिपाठीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द