2026-09-19 09:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

युवा सम्मेलन र शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

रबिन्द्र यादव/ असोज १५ नवलपरासी । मधेस युवा उत्थान विकास मंच नवलपरासीले भुजहवा गाउँ विकास समिति मा युवा सम्मेलन र शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंचका अध्यक्ष धिरज त्रिपाठी को अध्यक्षतामा भएको कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुभान अलि अन्सारी प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि रहनु भएका अन्सारीले युवा नेतृत्व क्षमता अभिवृद्धि मा मंचले खेलेको भुमिका को सरहना गर्नु भएको थियोे साथै आजको आवश्यकता युवाको एकता रहेकोमा जोड दिदै मंचले कुनै राजनीतिक संगठन संग आबध्द न रहि समाजिक क्रियाकलाप, शिक्षा, युवा रोजगार, चेलिबेटी बेचबिखन रोकथाम, लागू अौषध दुर्बेसनी रोकथाम लगायतका जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने सुझाव दिनु भएको थियोे । सो कार्यक्रममा मंचका सचिव रामेश्वर कोइरी, भानु चौहान, सुनिल पटेवा, धर्मेन्द्र मौर्या, मातृका जैसवाल, आयुष खरवार, मनोज यादव लगायतले सम्बोधन र बडा दशैको शुभकामना दिनु भएको थियोे भने इसरायल अन्सारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा संचालन शिवेन्द्र यादव गर्नु भएको थियो ।

साथै मंचले अम्मर यादवको नेतृत्वमा ११ सदस्यीय उप समिति समेत गठन गरेको छ जसमा उपाध्यक्ष अंगिरा यादव, सचिव शिवेन्द्र यादव, कोषाध्यक्ष सरस्वती कोइरी, सह सचिव सोनमति हरिजन लगायतका रहनु भएको छ । हाल मधेस युवा उत्थान विकास मंच नवलपरासीले जिल्लाको पक्लिहवा, हरपुर, गुठी परसौनी, रमपुरवाँ  लगायतका गाउँ विकास समितिहरुमा उप समिति गठन र जनचेतनामूलक कार्यक्रम गरि सकेको तथा अन्य गाविसहरुमा समेत यस्तै कार्यक्रम गरिने मंचका अध्यक्ष धिरज त्रिपाठीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई