२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरीको आरोपमा दिल्लीबाट करोडपति पक्राउ, नेपाल र भारतमा विभिन्न कारोबार

२०८०, ३१ श्रावण बुधबार ०६:५१

साउन ३१, काठमाडौं | भारतको दिल्ली प्रहरीले चोरीको आरोपमा एक करोडपति युवकलाई पक्राउ गरेको छ । निजले चोरीकै माध्यमबाट करोडौंको सम्पत्ति जोडेको प्रहरीको भनाइ छ ।

दिल्ली प्रहरीका अनुसार मनोज चौबे नाम गरेका ती व्यक्ति सन् २००१ देखि विभिन्न स्थानमा चोरी गर्दै आएका थिए । उनी एक्लैले २०० भन्दा बढी चोरी गरिसकेको पाइएको प्रहरीको भनाइ छ ।

२५ वर्षदेखि घर–परिवारलाई समेत थाहा नदिइ दोहोरो जीवन निर्वाह गर्दै आएका चौबेले चोरीकै रकमबाट लखनउ र दिल्लीमा घर बनाइसकेका छन् ।


उत्तर प्रदेश राज्यको सिद्धार्थनगरमा बस्दै आएका चौबेले नेपालमा समेत होटल व्यवसाय सञ्चालन गरेको दिल्ली प्रहरीको भनाइ छ । उनले उत्तर प्रदेशकै सिँचाइ विभागमा कार्यरत एक अधिकृतकी छोरीसँग विवाह गरेका छन् । ससुरालीमा उनले आफू दिल्लीमा पार्किङको ठेक्का लिने गरेको बताएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार चौबेले सिद्धार्थनगरकै शोहरतगढ गाउँमा पत्नीको नाममा एक गेस्ट हाउस बनाएका छन् भने सोही गाउँमा रहेको जमिन एउटा अस्पताललाई भाडामा दिएका छन् । उक्त जमिनको भाडाबापत प्रति महिना दुई लाख भारु लिँदै आएको प्रहरीले जनाएको छ ।

करोडौँको सम्पत्ति र लाखौँ रुपमा भाडा बापत आम्दानी भइरहे पनि चौबेले चोरी गर्न छाडेका थिएनन् । चोरीकै घटनामा एक पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएपछि चौबे पक्राउ परेका हुन् ।

प्रहरीले सीसीटीभी क्यामेराको फुटेजमा चौबेको अनुहार देखेको थियो । त्यसपछि उनी अर्को एक ठाउँमा एउटा स्कुटरमा घुमेको प्रहरीले देख्यो । स्कुटर नम्बरका आधारमा खोजी गर्दा उक्त स्कुटर विनोद थापा नाम गरेका व्यक्तिको नाममा पाइएको प्रहरीले जनाएको छ ।

विनोद उनै चौबेका सालो रहेको बताइएको छ । चौबेले सपना नाम गरेकी नेपाली मुलकी युवतीसँग पनि विवाह गरेर दिल्लीमै गुपचुप राखेको पाइएको हो । विनोदकै माध्यमबाट चौबे पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

चौबेमाथि चोरीको १५ मुद्दा चलिरहेको र यसअघि ९ पटक पक्राउ परिसकेको तथ्य पनि प्रकाशमा आएको छ । तर उनले आफ्नो नाम गलत भन्दै छल्ने गरेको कारण परिवारले समेत उनको करतुत थाहा पाउन नसकेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता