२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कारागारमा दुई जनाको मृत्यु प्रकरण: पाशविक यातना दिएर दुई कैदीको हत्या भएको निष्कर्ष

२०८०, ३२ श्रावण बिहीबार ०८:५७

साउन ३२,  काठमाडौँ | संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानव अधिकारकर्मीहरुले निकालेका छन् ।

संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत बुधबार कारागार भित्र मारिएका थिए ।

स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मीहरुले कारागारभित्रै कुटपिट गरेर हत्या गरेपछि बिहान मात्रै उनीहरुलाई अस्पताल लगेको निष्कर्ष पनि निकालेका छन् ।

मृतक दुई जनाले कारगारबाट भाग्ने प्रयास गरेका थिए । कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरु बाहिरको ठूलो पर्खाल नाघेर भाग्न सक्ने अवस्थामा थिएनन् । त्यसैक्रममा प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई कारागारका सुरक्षाकर्मी र कैदीले कुटेको अनुगमन टोलीको निष्कर्ष छ ।

‘बाहिर निर्मम र पाशविक यातना दिएपछि अन्तिममा भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’ स्थलगत अनुगमनका लागि घटनास्थल पुगेर फर्किएका इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले भने, ‘भित्रको प्रशासनले पनि कुटपिट गरेको देखिन्छ ।’

मृतकमाथि रड र लाठी पनि प्रहार भएको थियो । अनुगनका लागि पुगेको टोलीका एक सदस्यका अनुसार यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको थियो । रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ । सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको थियो । आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख पवनकुमार भट्टले राज्यको नियन्त्रणमा रहेका मानिसको अमानवीय तरिकाले कुटपिट पछि मृत्यु भएको देखिएको बताए ।


राज्यका निकायको गम्भीर लापरबाही देखिएको बताउँदै उनले आयोगले अनुगमन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताए ।


‘मानव अधिकार आयोगको टोली पुगेर घटनास्थलका बारेमा बुझ्यौं, सबैसँग हामीले बुझेका छौं, कारागार भित्र राखिएका मानिस मारिनु गम्भीर कुरा हो,’ उनले भने, ‘राज्यले राखेको अवस्थामा जसरी मारिए पनि त्यहाँ राज्यको कमजोरी छ, राज्य चुकेको छ ।’

अमानवीय शैलीमा कुटेर कैदीलाई मारिएको आयोगको निष्कर्ष रहेको श्रोतले बताएको छ । ‘यति क्रुर र पाशविक यातना दिएको देखिन्छ कि सोच्दा नै आङ सिरिङ्ग हुन्छ,’ स्रोतले भन्यो, ‘सुरुमा प्रहरीले कुटपिट गरे, अब बाच्दैन है भनेपछि कैदीबन्दीलाई बुझाएका रहेछन्, राति तीन घण्टा कुटेको देखिन्छ ।’

बाहिर क्रुर यातनापछि अन्तिम अवस्थामा घटनालाई डाइभर्ट गर्न भित्र बुझाएको अनुगमनका क्रममा देखिएको इन्सेक प्रदेश संयोजक थापाले बताए ।

‘बाहिर मरासन्न हुनेगरी कुटपिट गरेको र घटना डाइभर्ट गर्नका लागि भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’थापाले भने, ‘सुरुको मुख्य जिम्मेवार प्रहरीबाटै यातना दिएको देखिन्छ ।’

राज्यको नियन्त्रणमा भएका मानिस मारिएको बताउँदै उनले घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय राज्यले दिनुपर्ने बताए ।

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय संखुवासभाले गरिरहेको छ । प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पूर्जी जारी भएपछि निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्र गोदारका अनुसार दुई जना विरुद्ध किटानी जाहरे परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ । आठ जनाको अनुसन्धानपछि थव विषय खुल्ने उनले बताए ।

‘अहिलेसम्म आठ जनालाई अनुसन्धानको दायरमा ल्याएका छौं, भोलिसम्म थप विषय आउछ,’ उनले भने, ‘किटानी भने दुई जनालाई छ ।’ शवको पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानका लागि थप विषय अगाडि आउने बताउँदै उनले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु