२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिङ्गापुरमा चिनियाँ नागरिक पक्राउ, जफत गरियो ९८ अर्बभन्दा बढीको सम्पत्ति

२०८०, ३२ श्रावण बिहीबार ०९:३०

साउन ३२,  काठमाडौँ | सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो । 

यसमा सुन, महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगायत २३ मिलियन सिङ्गापुर डलर नगद समावेश छन् । यस घटनामा हालसम्म १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट विदेशी राहदानी समेत बरामद गरेको छ ।


यी मानिसहरू चीन, कम्बोडिया, टर्की र वनुआटु जस्ता देशका नागरिक भएको बताइएको छ । यिनीहरु ३१ देखि ४४ वर्ष उमेर समूहका हुन् । प्रहरीका अनुसार यो समूह विदेशी संगठित अपराध गतिविधिलगायतका घोटालाहरू र अनलाइन जुवाबाट हुने अपराधको आयलाई लुट्ने काममा संलग्न भएको आशंका गरिएको थियो ।

तर सिङ्गापुरमा यस प्रकारको छापा विरलै हुने गरेको छ किनभने सिङ्गापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ ।

सिङ्गापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले भने, ‘ सिङ्गापुर अपराधीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग भएको हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ ।’ 

‘अपराधीहरूलाई हाम्रो सन्देश स्पष्ट छ– यदि तपाईंले गलत काम गर्नु भयो भने हामी पक्रने छौं । यदि हामीले तपाईंको अवैध सम्पत्ति फेला पार्‍यौँ भने ती जफत गर्नेछौँ । र, तपाईंविरुद्ध कानुनी रूपमा कडा कारबाही गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु