२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेविरुद्ध मुद्दा: गौशाला २६ की आमाको पनि दुई जन्ममिति ?

२०८०, ३२ श्रावण बिहीबार १०:०१

साउन ३२,  काठमाडौँ | सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को जन्ममिति विवादित बनिरहँदा उनकी आमाको जन्ममितिमा पनि अदालतले प्रश्न उठाएको छ । जिल्ला अदालत काठमाडौंले आज गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दियो ।

सरकारी रेकर्डमा गौशालाकी आमाको दुईवटा जन्ममिति देखिएको भन्दै जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले सो आदेश दिएका हुन् । आमाको जन्ममिति यकिन भएपश्चात मात्रै फैसला सुनवाइ सुरु हुने न्यायधीशले बताएका छन् ।

खासमा यो विषय पहिल्यै आएको हो । वडा कार्यालयले राखेको बसाईसराइ सम्बन्धी रेकर्डमा गौशालाकी आमाको जन्ममिति २०५३/११/२१ उल्लेख छ । यस्तै, छाेराकाे जन्म मिति २०५९/७/८ र छाेरीकाे जन्म मिति २०६१/०३/१८ लेखिएकाे छ ।


यो विवरणले आमा र छाेराकाे उमेरमा ६ वर्ष तथा आमा र छोरीको उमेरमा ८ वर्ष मात्रै अन्तराल देखिन्छ जुन असम्भव हाे । अन्य डकुमेन्टमा भने गौशालाकी आमाको जन्म मिति २०३५ साल उल्लेख छ । वडाले दिएको बसाइसराइको प्रमाणपत्रमा जन्म मिति २०३५ साल नै लेखिएको छ । सही जन्ममिति २०३५ साल नै भएको तर वडाको रेकर्डमा भुलवश २०५३ साल उल्लेख भएको दाबी गरिएको छ ।

गौशाला स्वयमको जन्ममिति त झनै बढी विवादित छ । सन्दीपका वकिलहरुले उनी बालिग भइसकेको भन्दै अस्पतालको कागज, जन्मदर्ता लगायत थुप्रै प्रमाण पेश गरेका छन् । गौशालाका वकिलहरुले भने उनी नाबालिग नै भएको भन्दै नागरिकता र शैक्षिक प्रमाणपत्रहरु देखाएका छन् ।

जन्मदर्ता प्रमाणपत्रको मूल कपीमा गौशालाको जन्ममिति २०६१-०३-१८ उल्लेख छ । यसबाट उनी गत वर्षको असार १८ गतेबाट १८ वर्ष कटेर बालिग भएको देखिन्छ । बसाइसराइको दर्ता किताबमा पनि यही मिति लेखिएको छ ।

गौशाला-२६ को जन्मदर्ता र नागरिकतामा उमेर ११ महिना तलमाथि भएको छ । उनको पहिलोपटक जन्मदर्ता २०७५-०९-१८ मा गरिएको थियो भने फरक जन्ममिति बनाएर गत वर्ष असार १४ गते प्रतिलिपि दिइएको थियो । यही प्रतिलिपीका आधारमा नागरिकता बनेको छ ।

गौशाला-२६ को जन्म भएको अस्पतालले दिएको कागज पनि अदालतमा पेश भइसकेको छ । उक्त कागजमा जन्ममिति २०६१-०२-१८ गते उल्लेख रहेको स्रोतले बतायो । यो कागजले गौशाला नाबालिग नरहेको देखाउँछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु