2026-07-25 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगारीका विद्यमान समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल

साउन ३२,  काठमाडौँ | वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यहाँका म्यानपावर व्यवसायीबीच छलफल गरेको हो ।

नेपाली वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्वीपक्षीय सम्बन्ध सुदृढ गर्न, नेपालबाट मलेसिया कामदार ल्याउने सिलसिलामा देखिएका अप्ठ्याराहरू फुकाउने लगायतका विषयमा छलफल भएको हो ।

मलेसियाका उद्योग व्यवसायी संघ संस्थाहरूसँग समेत छलफल गरिएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

वैदेशिक रोजगार व्यवसायी र रोजगारदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने  र निकट भविष्यमा गरिने जब फेयर सम्बन्धी प्रारम्भिक छलफल भएको महासचिव भुर्तेलले बताए ।

मलेसियाको पर्साटुअन इन्डस्ट्री केसेलमटन मलेसिया ९पीआईएएम० र संघबीच विभिन्न विषयमा छलफल भएको हो । उनीहरूबीच कामदारहरूको सहज भर्तीका विषयमा विचार आदानप्रदान गरिएको छ । त्यस्तै मलेसियामा दर्ता नभएका एजेन्टहरूलाई निरुत्साहित गर्ने विषयमा समेत छलफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक