२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यूएईमा २९ वर्षीय तुलसीले जिते साढे ३ करोडको चिट्ठा

२०८०, ३२ श्रावण बिहीबार ११:०२

साउन ३२,  काठमाडौँ | यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जित्न सफल भएका छन् । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।

महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको शनिबार गरिएको १४१ औँ खेपमा चिट्ठा जित्न सफल भएको द गल्फ न्युज डटकमले जानकारी दिएको छ । उनले साढे एक वर्षदेखि चिट्ठाको टिकट खरिद गर्दै आइरहेको समाचारमा उल्लेख छ ।


तुलसी विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आइरहेका थिए । उनले इमेलमार्फत यो सुखद खबर पाएका थिए । यो रकमले अब नेपालमा नयाँ घर बनाउने योजना रहेको उनको भनाई छ ।

त्यस्तै, सुडानका इन्जिनियर अगिबले ५० हजार दिराम बराबरको सुनको सिक्का जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु