२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुष्पा टण्डन मृत्यु प्रकरण: २ जना छिमेकी पक्राउ

२०८०, ३२ श्रावण बिहीबार ११:२६

साउन ३२,  काठमाडौँ | रुपन्देहीको तिलोत्तमाकी पुष्पा टण्डन मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी रन्जित भुसाल र उनकी पत्नी लक्ष्मी भुसाल हुन् ।

तिलोत्तमा नगरपालिका– ४ ड्राइभरटोलकी ३६ वर्षीया पुष्पालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले बताए ।

साउन २६ गते दिउँसो घरबाट निस्किएकी पुष्पा साउन २७ गते सालझण्डीनजिकै फायरलाइन जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । गुल्मी दरबार गाउँपालिकाकी पुष्पा छोरा र छोरीको साथमा तिलोत्तमामा बस्दै आएकी थिइन् ।

पुष्पा चढेर निस्किएको स्कुटर बुटवलको अस्पताल लाइनमा भेटिएको थियो । उनको मृत्युपछि परिवार, माइती र आफन्तजनले रहस्मय हत्या भन्दै आन्दोदल गरिरहेका छन् तर प्रहरीले यो विषय सुक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्ने भएकाले अहिले नै निक्र्यौल गर्न नसकिने जनाएको छ ।

यसैबीच पुष्पाको मृत्युको विषयमा घटनाको निश्पक्ष छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न तिलोत्तमा नगरपालिकाले माग गरेको छ । नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले बिहीबार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानविन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको र पीडित पक्षबाट समेत विरोध प्रदर्शन भइरहेको अवस्थामा घटनाको निश्पक्ष छानविन गर्न र सत्यतथ्य बाहिर ल्याउन नगरपालिकाले माग गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ–‘यस घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि तिलोत्तमा नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु