२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

२०८०, २ भाद्र शनिबार ०६:०७

भदौ २, काठमाडौँ | नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् । यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।

त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ । दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् ।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ । यसैबीच काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ ।

स्रोतका अनुसार काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु