२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढीपहिरोको उच्च जोखिममा तनहुँका १० वटै पालिका

२०८०, ४ भाद्र सोमबार ०८:२६

भदौ ४, तनहुँ | तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् । 
जिल्ला प्रशासन कार्यालयका अनुसार १० पालिकाका अधिकांश वडा बाढी, पहिरोको जोखिममा छन् । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बाढी, पहिरोलगायतका जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीका लागि विपद् पूर्वप्रतिकार्य योजना तयार गरिएको जानकारी दिए। 
योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति र स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने रिजालले बताए । 
पहिरोको प्रकोपका आधारमा व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका उच्च जोखिममा रहेका छन् । बाढीको प्रकोपका आधारमा भानु नगरपालिका र देवघाट गाउँपालिका उच्च जोखिममा छन् । 
कार्यालयका अनुसार व्यासका वडा नं १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ सम्म र १४ का ६२ टोल बस्ती पहिरोको उच्च जोखिममा छन् । भानु नगरपालिकाका–४, ५, ६ र ७ का टोलबस्ती, भिमाद नगरपालिकाका– ३, ५, ७, ८ र ९, शुक्लागण्डकी नगरपालिकाका– ९ र १०, देवघाट गाउँपालिकाका– १, २, ३ र ४, बन्दीपुर गाउँपालिकाका–१, २, ४ र ५ का १० बस्ती, घिरिङ गाउँपालिकाका– २, ३, ४ र ५ का १० बस्ती, ऋषिङ गाउँपालिकाका– १, २, ३, ६, ७ र ८, आँबुखैरेनी गाउँपालिकाका– ४, ५, ६ र म्याग्दे गाउँपालिकाका– १ देखि ७ सम्मका बस्ती पहिरोको जोखिममा छन् । 
यसैगरी व्यासका– १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती, भानु नगरपालिका– १, २, ५, ६, ७, ११, १२ र १३ का बस्ती, भिमाद नगरपालिकाको वडा नं १ का दुई बस्ती, शुक्लागण्डकी नगरपालिकाका–४ र ८ का बस्ती, देवघाट गाउँपालिकाका– १ देखि ५ अन्तर्गतका नदी तटीय क्षेत्र बाढीको जोखिममा छन् । 
बन्दीपुर गाउँपालिका–६ को सामीकोट क्षेत्र, घिरिङ गाउँपालिका– १ को कालीगण्डकी, मैदीखोला र सिरिङ्दी क्षेत्र किनारका बस्ती, ऋषिङ गाउँपालिकाका– १, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी किनारका बस्ती, आँबुखैरेनी गाउँपालिकाका– २, ४, ५, ६ का बस्ती, म्याग्दे गाउँपालिकाका– ३ र ६ को अकला क्षेत्र बाढीको उच्च जोखिममा छन् । 
प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘मनसुनको समयमा हुनसक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायतका कार्य गर्न कार्ययोजना बनाएर अगाडि बढेका छौँ ।’ उनले सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिइएको बताए । 
यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत संकलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायको अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहने छन् । 
विपद् व्यवस्थापन समितिले मनसुनको समयमा गर्नुपर्ने पूर्वतयारी तथा प्रतिकार्यसँग सम्बन्धित निकायको भूमिका र जिम्मेवारी बाँडफाँट गरेको छ । प्रमुख जिल्ला अधिकारीले समन्वयात्मक तथा नेतृत्वदायी भूमिका, आवश्यकताअनुसार प्रदेश तथा केन्द्रीयस्तरमा सहयोग, सुरक्षा निकाय प्रमुखले खोज तथा उद्धारमा सक्रिय, जोखिमको समयमा सुरक्षा व्यवस्था, जिल्ला समन्वय समिति प्रमुखले स्थानीय तहसँग समन्वय र विपद् सम्बन्धित सूचना संकलनमा सहजीकरण गर्नेछन् । 
गाउँपालिकाका प्रमुख तथा अध्यक्षले जोखिमबाट प्रभावित हुनसक्ने जनसङ्ख्याको पहिचान, जोखिमयुक्त ठाउँ, बस्ती तथा समुदायको पहिचान, गाउँपालिका तथा नगरपालिकास्तरको मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्नेछन् । 
राजनीतिक दलका प्रमुखले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई सल्लाह र सहयोग, स्रोत संकलनका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछन् भने नेपाल रेडक्रस सोसाइटीका सभापतिले खाद्य, गैरखाद्य सामग्री तथा अस्थायी आवासको व्यवस्थापन, सूचना संकलन तथा सम्प्रेषणका लागि स्वयंसेवक परिचालन, प्रकोपको समयमा आपतकालीन आवास एवं बन्दोबस्ती व्यवस्थापनमा सहयोग पुर्‍याउने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना