२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टी–ट्वान्टी श्रृंखलामा मलेसियाविरुद्ध नेपाल ब्याटिङमा

२०८०, ८ भाद्र शुक्रबार ०६:५७

भदौ ८, काठमाडौँ | नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।


बायोमास ओभलमा जारी खेलमा टस जितेर मलेसियाले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।नेपाल अपराजित रहँदै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।

मलेसियाविरुद्धको सिरिजको लिगको अन्तिम खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । ईश्वरी विष्ट प्लेइंग ११ बाट बाहिरिदा तीब्र गतिकी बलर अश्मिना कर्माचार्य टोलीमा फर्किएकी छिन् ।


नेपाली महिला टिमले यो सिरिजपछि थाइल्याण्डसँग मलेसियामै अभ्यास खेल खेल्ने छ । त्यसपछि मुख्य प्रतियोगिता आईसीसी महिला टी– २० विश्वकपको एसिया छनोट खेल्ने छ ।

आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका छन् ।

आईसीसी महिला विश्वकप एसिया छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बर (भदौ १४ देखि भदौ २३) सम्म मलेसियामा नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना