२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न हर्क साम्पाङकाे नाममा अन्तरिम आदेश

२०८०, ८ भाद्र शुक्रबार ०७:५६

भदौ ८, विराटनगर | उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हाे । रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नाे जमिनमा प्रवेश गरेर धरपकड गरेकाे भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।

धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षराेपण गरेका थिए । वृक्षराेपण गरेकाे जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाकाे जग्गा भएकाले वृक्षराेपण गरेकाे दाबी गरेका छन् । सोमबार मेयर साम्पाङ पुन: त्यही विवादित जग्गामा पुगेका थिए । उनी जाँदा अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

विवादपछि साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन् । उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर आएका थिए । जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीकाे नाममा कानुन बमाेजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदककाे जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हाे ।

हेर्नुहोस् उच्च अदालतको अन्तरिम आदेश-



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना