२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुलुकलाई संकटमुक्त गराउन संघीय गणतान्त्रिक शासन व्यवस्था अन्त्य हुनुपर्छ : कमल थापा

२०८०, ८ भाद्र शुक्रबार ११:१३

भदौ ८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन संघीय गणतान्त्रिक शासन व्यवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।  

उनले १७ वर्षदेखि कायम रहेको संघीय गणतान्त्रिक शासन व्यवस्था सबैभन्दा भ्रष्ट व्यवस्था भएको भन्दै त्यसको अन्त्य हुनै पर्ने जिकिर गरेका हुन् । 

शुक्रबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आफ्नो पार्टीले संघीय गणतन्त्रको अन्त्य र राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाको कार्यनीति लिएको घोषणा गर्दै त्यसको प्राप्तिका लागि आन्दोलनमा जाने चेतावनी समेत दिए । उनले पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले मुलुकलाई संकटबाट जोगाउन राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, समानुपातिक र समावेशी व्यवस्था र सुशासनसहितको नेपाली संस्करणको मौलिक प्रजातन्त्र विकल्पको रुपमा प्रस्तुत गरेको बताए । 

अध्यक्ष थापाले विगतमा निर्मल निवासले हस्तक्षेप गरेकाले मात्रै आफूहरुले राजसंस्थासहितको प्रजातन्त्रको कार्यनीतिलाई छोड्नु परेको समेत बताए । उनले निर्वाचनबाट निर्वाचित हुनेहरुले राष्ट्रलाई अभिभावकत्व दिन नसक्ने भएकाले पनि नेपालमा राजसंस्थाको विकल्प नभएको पटकपटक दोहो¥याए ।

अध्यक्ष थापाले ठूला दलहरु सच्चिने अवस्थामा नरहेकाले पनि आफूहरुले राजासहितको प्रजातन्त्रको लागि आन्दोलनमै जाने निर्णय लिनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना