2026-07-06 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका अधिकांस खाद्य तथा किराना पसलमा म्याद सकिएको पेय पदार्थ भेटियो

नन्दराम जैशी । असोज १७, जुम्ला | जुम्लामा संचालित अधिकांस खाद्य तथा किराना पसलमा म्याद सकिएको पेय पदार्थहरु भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व तथा स्याउ प्रशोधन केन्द्रको आयोजनामा आइतबार गरिएको बजार अनुगमनमा यस्तो पाइएको हो । चाडपर्वको बेला हुने मंहगी, कालो बजारी तथा मिति सकिएको सामानहरु विक्रि भए नभएको जानकारी लिनको लागि बजार अनुगमन गरिएको हो ।

जुम्लामा संचालित खाद्य तथा किराना पसलहरु मध्ये १३ वटा पसलको अनुगमन गरिएको छ । जसमा बसपार्कमा रहेको माया स्टेश्नरी तथा सप्लार्यसमा मिति सकिएको कोक फ्यान्टा ५ सय एमएलको २४ वटा र ठुलो जम्बो स्प्राईड ८ वटा भेटिएको छ । त्यस्तै बसपार्कमै रहेको आयुसा जनरल स्टोरमा ७ वटा म्याद सकिएको फ्यान्टा अनुगमनको क्रममा भेटिएको छ । साथै कालिका जनरल स्टोरमा ४८ प्याकेट मिति सकिएको तितौरा भेटिएको छ भने विजयनगरमा अवस्थित लोकेश जनरल स्टोरमा ३ वटा जम्बो स्प्राईड, १२ वटा सानो स्प्राईड र ६ वटा सानो फ्यान्टा म्याद सकिएको भेटिएको हो ।

त्यस्तै विजयनगरमा रहेको राहदेउ थार्प जनरल स्टोरमा ३० प्याकेट म्याद गएको कोल्गेड र २४ प्याकेट म्याद गएको प्राउन भेटिएको अनुगमन टोलीले जनाएको छ । दिर्ग जनरल स्टोरमा ८ वटा जम्बो स्प्राईड, ७ वटा सानो फ्यान्टा म्याद गएको सामान अनुगमनको क्रममा पाइएको छ । रावल प्रेश हाउस तथा जनरल स्टोरमा ३८ वटा सानो फ्यान्टा र ९ वटा जम्बो फ्यान्टा भेटिएको स्याउ प्रशोधन केन्द्रका प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमन गरिएका पसलबाट बरामत गरिएको म्याद सकिएको सामानलाई प्रशानको निर्णय अनुसार नष्ट गरिने भएको छ ।

स्थानिय बासीहरुलाई सामानको उत्पादन मिति तथा सकिएको मिति थाहा नहुने भएकाले कुनै पनि सामान विक्रि गर्दा अनिवार्य विल दिन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा कविदत्त न्यौपानले आगामि दिनको अनुगमनमा पनि यस्तै कार्य दोहोरीएमा डिलर तथा व्यपारीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाईने बताउनु भयो । स्याउ प्रशोधन, उद्योग बाणिज्य संघ, नेपाल प्रहरी जिल्ला प्रशसान कार्यालय र पत्रकारहरुको सहभागितामा बजार अनुगमन गरिएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै