2026-07-06 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपिनगरपालीका वडानं. चौध खुल्ला दिशामुक्त

पंकज धामी | असोज १७, दार्चुला | ‘पूर्ण सरसफईमा प्रतिबद्धताः हामी सबैको ऐकबद्धता’ भन्ने मुल नाराका साथ आइतवार अपिनगरपालिका वडानं.१४ लाई खुलादिशा मुक्त वडा घोषणा गरिएको छ ।

वडा स्तरीय सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष देबकी बोहराको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा अपिनगरपालिकाका कार्यकारी अधिकृत अमरराज खत्री प्रमुख अतिथि रहनु भएको थियो भने जिल्ला खनेपानी तथा सरसफई सवडिभिजन कार्यालयका प्रतिनिधि रोशनकुमार जोशी र सेवक नेपाल सेववास दोस्रो कार्यक्रमका जिल्ला संयोजक गोविन्द फुलारा विष्टि अतिथि रहनु भएको थियो ।

कुल २ सय ७४ घरधुरी रहेको वडानं. १४ लाई अपिनगरपालिका भित्रका १७ वडामध्ये आइतवार वडा नं.१४ लाई नगरपालिकाको ७ औं वडाको रुपममा खुलादिशा मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै अपिनगरपालिकाका कार्यकारी अधिकृत तथा कार्यक्रका प्रमुख अतिथि समेत रहनुभएका अमरराज खत्रीले नगर क्षेत्रभित्रका समस्याहरुलाई एकपछि अर्को गदै समाधान गरेर लैजाने भएकाले सबै वडाबासिलाई विकास निमार्णको लागि एकजुट भएर अगाडि बढनमा जोड दिनुभएको थियो ।

त्यसैगरि कार्यक्रमका विष्टि अतिथि एबं सेवक नेपाल सेफवास दोस्रो कार्यक्रमका जिल्ला संयोजक गोविन्द फुलाराले सबै जनमानसलाई फईदा हुनेगरि गाँउको विकासमा लागेमा मात्र समाज जिल्ला र देशको विकास हुन सक्ने भएकाले आइतवार वडालाई खुलादिशा मुक्त गर्न सफलहुनु भयो, आगामिका दिनमा सरसफईका कुरालाई आत्मसाथ गरि पूर्ण सरसफई अभियानमा जुटि सबैले शैचालयको प्रयोग गरेस आफु निरोगी बनि अरुलाई पनि निरोगी राख्नमा आम जनताले सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

मालिकार्जुन मावि निशिलका प्रध्याना ध्यापक दिलेन्द्र बहादुर पालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नगर स्तरीय राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, आमा समुह, बडानागरीक मञ्च, महिला स्वयमसेविकाहरु, बालकलब , विभिन्न संघसंस्थामा अवद्ध पदाधिकारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

खुला दिशामुक्त घोषणा गर्न नसकिने भन्दै स्थानीयको निवेदन

असोज १७, दार्चुला | अपि नगरपालिका वडा नम्बर १४ लाई अहिलेकै अवस्थामा खुला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिने भन्दै स्थानीयहरुले प्रमुख जिल्ला अधिकारीलाई निवेदन गरेका छन् ।

नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहँदा पौन्याखोला, निसिल, निङलाड, ऐराड, थागिल लगायत आधा दर्जन बस्तिहरुका शौचालयहरु प्रयोगविहीन भएका र सार्वजनिक शौचालय समेत नबनेको कारण उक्त क्षेत्रलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न नसकिने स्थानीयले प्रजिअ मोहनराज जोशीलाई लिखित जानकारी समेत गराएका छन् ।

पानीको अभावका कारण शौचालयहरु प्रयोगविहीन भएको र सार्वजनिक स्थलहरुमा शौचालय नबनेकोले यी कामलाई पूरा गरेर मात्रै खुला दिशामुक्त क्षेत्र घोषणा गर्नु पर्ने माग सहित उक्त क्षेत्रका ६५ जना स्थानीयले हस्ताक्षर सहित आइतवार प्रमुख जिल्ला अधिकारीलाई निवदेन दिएका छन् ।

निवेदनमा प्रत्येक घरमा खानेपानीको व्यवस्था हुनु पर्ने, अधुरा शौचालयको निर्माण पूरा गर्नु पर्ने, सार्वजनिक स्थलहरुमा शौचालय र ढल निकास निर्माणका लागि वजेट निकासा गर्नु पर्ने माग समेत राखिएको छ ।

विबादै विबादमा गरियो खुल्ला दिशामुक्त घोषणा

जिल्लाको एक मात्र नगरपालिका  अपिनगरपालिकाको वडा नम्बर १४ निसिललाई आइतवार स्थानीयको बिरोधका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । अपिनगरपालिकाको वडा नम्बर १४ मा रहेका कुल २ सय ७४ घरधुरीहरुमा शौचालय निर्माण भइ सकेता पनि पानीको अभावमा सबै घरधुरीले शौचालय प्रयोग गर्ने नगरेको भन्दै खुल्ला दिशामुक्त वडा घोषणा गर्नमा स्थानीयले बिरोध गरेका थिए । स्थानीयले बिरोध गरेता पनि जिल्लाबाट गएको टोलीले भने अनपा १४ लाई आइतवार खुल्ला दिशामुक्त वडा घोषणा गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै