२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँको फोहोर ल्याण्डफिल साइटमा लैजान प्रतिबन्ध लगाउने घोषणा

२०८०, ११ भाद्र सोमबार ११:२४

भदौ ११, काठमाडौँ | बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फेरि काठमाडौँको फोहोर लैजाने नदिने भएको छ । आफूहरूको माग पुरा नभएको भन्दै समितिले आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने घोषणा गरेको हो । 

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोर मैलाका कारण स्थानीय बासिन्दाहरूमा नकारात्मक असर परे पनि सरोकारवाला निकायहरूले उक्त समस्यालाई नजरअन्दाजमात्रै गरेकाले फोहोर मैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको हो । 


प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी सोही अनुरूपको कार्यान्वयन गरिनुपर्ने उनीहरूको माग छ । प्रदूषणरहित मानव बस्ती र मानवरहित ल्याण्डफिल साइट अहिलेको निकास भएको सरोकार समितिले बताएको छ ।  सरकारले  प्रभावित क्षेत्रका सम्बन्धमा विभिन्न मितिमा गरेका निर्णय कार्यान्वयन नगरेको र जन्मभूमिबाट विस्थापित गराउन खोजेको उनीहरूको आरोप छ । 

२०६२ सालदेखि आजसम्म काठमाडौँ महानगर र उपत्यकाका अन्य नगरपालिकाले ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न बहानाबाजी र भ्रम सिर्जना गरेर स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित गरेको उनीहरूको आरोप छ । काठमाडौँ उपत्यकाको फोहोर मैला बञ्चरेडाँडा क्षेत्रमा आगामी दिनमा प्रवेश गर्न कुनै हर हालतमा नदिने सरोकार समितिले जनाएको छ । 

सरकारले ल्याण्डफिल साइट प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा नगरेको, प्रभावित क्षेत्रलाई अधिकरण गरेर र मानव बस्तीरहित हरियाली क्षेत्र कायम गर्नुपर्नेमा त्यसो नगरेको, अस्पतालजन्य फोहोर मैला, विषाधिजन्य फोहोर मैला, औद्योगिकजन्य फोहोर मैला प्रतिबन्ध नगरेको उनीहरूको आरोप छ । 

बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले आफूहरूको जीवन मरणको अवस्थामा रहेपनि राज्यले समस्या समाधान गर्न कुनै चासो नदिएको बताए । 

‘हाम्रो कुनै पनि मागहरू छैन । ल्याण्डफिल साइटमा अब कुनै किसिमको ल्याण्डफिल साइट विकास गर्नका लागि, फोहोर मैला राख्नका लागि एउटा इँटा पनि हामी राख्न दिँदैनौँ । भौतिक पूर्वाधार बनाउन दिँदैनौँ,’ उनले भने । 

असोज १ गतेदेखि सरकारले जबरजस्ती गरे त्यहाँका १० हजार मान्छे टुँडिखेलमा आएर बस्ने उनको चेतावनी छ । 

‘प्रभावित क्षेत्रका १० हजार मान्छे उठेर टुँडिखेलमा आएर बस्ने हो । धादिङ र नुवाकोटको १० हजार मान्छेलाई यहाँको प्रहरी प्रशासनले कुन–कुन जेलमा कति दिन राख्छ हामी  हाम्रा छोरा र नातिहरूका लागि त्यो सामना गर्छौँ,’ उनले भने । 

ल्याण्डफिल साइट पीडित हरि लामाले फोहोर र मानव एकै ठाउँमा रहन नसक्ने बताए । आफूहरूलाई काठमाडौँ महानगर, प्रदेश सरकार र नेपाल सरकारले बेवास्ता गरेको उनको आरोप छ । 

ल्याण्डफिल साइट पीडित मनोज तामाङले अब त्यहाँका स्थानीयहरूले महानगरसँग आन्दोलन गर्ने ल्याकत राख्नुपर्ने बताए । अब त्यहाँका स्थानीय तड्पेर बस्न नसक्ने उनको भनाई छ । 

ल्याण्डफिल साइट पीडित दिपेश न्यौपानेले स्थानीय जनता पीडामा भएर आन्दोलनको घोषणा भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना