१७ आश्विन /डडेल्धुरा - दशैं शुरु भएसंगै डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... १७ आश्विन /डडेल्धुरा - दशैं शुरु भएसंगै डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, ज"/>
2026-09-19 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिमको दशैं भक्तिभावमा केन्द्रित

  • १७ आश्विन /डडेल्धुरा - दशैं शुरु भएसंगै डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलनहरु रहेका छन । सुदूरपश्चिममा दशैंको बेला खानपीन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ । डडेल्धुराका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु भएको छ । धेरैजसो नागरिकले नवरात्रीको ९ दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रही आएको छ । जिल्लाका उग्रतारा, घटालथान, शिव मन्दीर लगायतका मन्दिरमा जाग्राम बस्नेहरुको भीड लागेको छ । दशैंका बेला दिइने पशुबली पछिल्लो समयमा चलाइएको हुनाले पशुबली आवश्यक नरहेको जनाइएको छ । शास्त्रहरुमा गलत कर्मको बलिदिने, घमण्डको बलिदिने, अहंकारको बलिदिने कुराहरु उल्लेख गरिएको तर पशु बलि दिनुपर्ने कुरा कतै उल्लेख नभएको बताइएको छ । दुर्गा पक्षमा प्रत्येक दिन ९ ओटा भगवतीको पूजा गर्ने चलन रही आएको छ । आश्विन शुक्लपक्षको पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म हरेक दिन फरक फरक गरी नौ कन्याको पूजा गरिन्छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम पाठ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई