२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

करेन्ट लागेर चार जनाको मृत्यु

२०८०, १५ भाद्र शुक्रबार ०१:१७

भदौ १५, काठमाडौं । चितवन, कैलाली, ललितपुर र पश्चिम नवलपरमसिमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । 

बिहीबार बिहान पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–१५ घिनहा बस्ने ४० वर्षीय रफिल अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ । सोही नगरपालिका–१८ पम्पापुरस्थित आईसक्रिम फ्याक्ट्रीमा पानी तान्ने चापाकलमा जडान भएको मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै बुधबार छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लागेर अन्य तीन जनाको ज्याज गएको छ । चितवन, रत्ननगर नगरपालिका–१५ माधवपुर अन्नपूर्ण टोलस्थित निर्माणाधिन घरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–१५ बस्ने १८ वर्षीय ओम बहादुर गुरूङको बुधबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

कैलाली, गोदावरी नगरपालिका–५ गेटी बस्ने २७ वर्षीय सुरेश चौधरीको पनि हिजो दिउँसो करेन्ट लागेर  मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । यता ललितपुर महानगरपालिका–४ धोबिघाटस्थित निर्माणाधिन घरको इनारबाट पानी तान्ने मोटर निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने कैलाली टिकापुर नगरपालिका–२ घर भएका २७ वर्षीय धिरज शाहको बुधबार दिउँसो मृत्यु भएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरू सिटी अस्पताल पुल्चोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना