२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झरना थापाको फिल्म ‘एक भगवत् गीता’ विवादबारे बोर्डमा छलफल

२०८०, १९ भाद्र मंगलवार ११:४८

भदौ १९, काठमाडौँ | झरना थापा निर्देशित फिल्म 'एक भगवत् गीता' विरूद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको थियो। 

फिल्मको नामलाई लिएर केही आध्यात्मिक संस्थाहरूले बोर्डमा उजुरी हालेका थिए। हिन्दु जागरण नेपालले गतवर्ष नै अन्तरजातीय प्रेमकथामा श्रीमद्भागवद गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित रहेको भन्दै उजुरी हालेको थियो। 

यस्तै आध्यात्मिक विकास समाज र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले केही दिनअघि फिल्मको नाम परिवर्तन गर्नेपर्ने माग राखेका थिए।

यसै विषयलाई लिएर भदौ १८ गते सोमबार बोर्ड अध्यक्ष भुवन केसी, निर्माण टिमको तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र अभिनेत्री सुहाना थापा, हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका सागर थापालगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा छलफल भएको हो।


छलफलको क्रममा निर्माण टिमले फिल्मले कुनै गलत सन्देश दिन नखोजेको प्रष्ट पार्दै गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउने बताए। आध्यात्मिक गुरूहरूले स्क्रिप्ट र फिल्म हेरेपछि नामसम्बन्धि विवाद टुंगो लागेको छ। 

'हुनत मैले यो फिल्म हेरेको छैन तर उहाँहरूको परिवारका सबै सदस्य आध्यात्मिक रहेको कारण श्रीमद्भागवत गीताको सन्देशको विपरित फिल्म बनाउनु भएको छ भन्ने लागेको छैन। यद्यपि फिल्म हेरेर मात्र नाम परिवर्तनको विषयमा निर्णय लिनु उत्तम हुनसक्छ,' बोर्डका अध्यक्ष केसीले भने।

फिल्मले कुनै पनि जात, धर्म, समुदाय, लिंग, क्षेत्र र भाषा संस्कृतिमाथि आघात पु¥याउने, विभेद सिर्जना गर्ने, द्वैष र घृणा फैलाउने वा कुनै किसिमको मानहानी हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए।

सुनिलकुमार थापाको लगानी रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक थापाले लेखेकी हुन्। यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना