२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भित्रियो बीवाईडी डल्फिन : भिडियो क्याप्चर गरेर सामाजिक सञ्जालमा हाल्नेले १ लाख रुपैयाँ पाउने !

२०८०, २२ भाद्र शुक्रबार ०६:१२

भदौ २२, काठमाडौँ | विश्व प्रसिद्ध विद्युतीय कार निर्माता बीवाईडीले नेपाली बजारमा डल्फिन भित्र्याएको छ । नाडा अटो शो, २०२३ लाई लक्षित गर्दै नेपाल स्थित बीवाईडीको आधिकारिक वितरक सामेक्स बीवाईडीले ह्याचब्याक सेग्मेन्टको डल्फिन कार भित्र्याएको हो । हालसम्म गाडीको फिचर, मूल्य सार्वजनिक नगरेको कम्पनीले अटो शोमा नै डल्फिनलाई सार्वजनिक गर्ने तयारी गरेको छ । 


तर, सो भन्दा अघि नै बाटोमा कतै डल्फिन देखिए फोटो खिचेर सार्वजनिक सञ्जाल, फेसबुक, ट्वीटर, इन्ट्राग्राम वा टिकटकमा राखी कम्पनीलाई जानकारी गराए १ लाख रुपैयाँ नगद जित्न सकिने बीवाईडीले बताएको छ । 

‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको साइमेक्स इन्क प्रा.लि.ले यो योजना ६ देखि ११ सेप्टेम्बरसम्म जारी रहने जनाएको छ । यस अवधिभर रोडमा बीवाईडी डल्फिन भेटाई यसको भिडियो बनाएर फेसबुक इन्ट्राग्राम वा टिकटकमा सार्वजनिक गर्नुपर्नेछ । जसका लागि सर्वजनिककर्ताले कम्पनीको आधिकारिक फेसबुक, इन्ट्राग्राम वा टिकटकमा ट्याग समेत गर्नुपर्ने कम्पनीले जनाएको छ । 

यासो गर्ने ३ जना भाग्यमानी प्रयोगकर्तालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अलावा योजनामा भाग लिने सम्पूर्णलाई बीवाईडी कम्पनीले नाडा अटो शो, २०२३ को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना