२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानस्थल भन्सारबाट औषधि बाहेक सबै वस्तुको भन्सार पास अवरुद्ध

२०८०, २५ भाद्र सोमबार ०८:३५

भदौ २५, काठमाडौँ | त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट वस्तु पास ठप्प भएको छ। आन्दोलनरत कर्मचारीले औषधि बाहेकका सबै वस्तु पास ठप्प पारेका हुन्।

आइतबार कर्मचारीहरुले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए।

उनीहरुले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन्। कार्यस्थलमा नियमति उपस्थिति भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण समेत हुनपर्ने मागपत्रमा उल्लेख छ।

पछिल्लो समय सुन पास भएको विषय बाहिर आएपछि विमानस्थल कर्मचारीमाथि धरपकड भइरहेको भन्दै आक्रोश व्यक्र गरेका हुन्।

सुन प्रकरणमा हाल विमानस्थलका केही कर्मचारीहरु गिरफ्तार छन्। उनीहरुलाई के कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ।

अमानवीय तरिकाले गिरफ्तार गरेकोले उनीहरुलाई रिहा गर्नुपर्ने, दोषि प्रमाणित नहुँदै कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने काम अविलम्ब बन्द गरिनुपर्ने लगायत माग कर्मचारीहरुले अघि सारेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना