असोज १८ पर्वत । हिन्दुहरुकोे महान् पर्व विजया दशमी तथा शुभ दिपावली शुरु भएसँगै कुश्मा बजारमा सर्वसाधरणको भीड लाग्न थालेको छ ।
   &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८ पर्वत । हिन्दुहरुकोे महान् पर्व विजया दशमी तथा शुभ दिपावली शुरु भएसँगै कुश्मा बजारमा सर्वसाधरणको भीड लाग्न थालेको छ ।
   &nbs"/>
2026-07-06 08:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चाडपर्व शुरु भएसँगै बजारमा चहलपहल ,निर्माणका समाग्रीले सडक अबरुद्ध

2016-10-04

असोज १८ पर्वत । हिन्दुहरुकोे महान् पर्व विजया दशमी तथा शुभ दिपावली शुरु भएसँगै कुश्मा बजारमा सर्वसाधरणको भीड लाग्न थालेको छ ।
    किनबेच तथा बैंकमा खुद्रा नोट साट्नको लागि आउने सर्वसाधरणहरुको भीड लागेको हो । चाडपर्व शुरु भएसँगै बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीको लाम नै लागेको छ । बजारमा     सवारी साधनको चाप बढेको छ ।
बजारमा सर्वसाधरणको चाप बढेसँगै चलहलपहल बढेको छ । कुश्मा बजारमा सवारी साधनको चापले सडकमा जाम भन्दा पनि सडकमा राखिएका निर्माणका सामाग्रीका    कारण समस्या पैदा भएको छ ।
    घर बनाउनको लागि      राखिएका निर्माणका समाग्रीका    कारणले सडकमा  जाम हुन थालेको छ । बजारको चोकचोकमा अव्यवस्थीत तरिकाले राखिका निर्माणका सामाग्री बालुवा, गिटी, ढुंगा, रड तथा अन्य निर्माणका समाग्रीका कारण सडकमा    सर्वसाधरणलाई मात्रै नभई सवारी साधनलाई समते समस्या परेको देखिन्छ ।
    सडकमा अव्यवस्थित तरिकाले निर्माणका समाग्री राख्दा पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको अबस्था छ । कुश्मा नगरपालिका, प्रशासन तथा अन्य सरोकारवाला निकायले बजारभित्र देखिएको सडक अबरोध हटाउनको लागि पहल गर्न     सकिरोखका छैनन् । बजारका साना गल्लीमा सिमित सडक त्यसमा पनि निर्माणका समाग्रीले अबरोध भएपछि सर्वसाधरणहरु समस्यामा परेका हुन् ।
    साना गल्लीमा ठूला १० देखि १२ पाङ्ग्रे सवारी साधनले त्यसमा थप समस्या पैदा गरेको छन् । एउटा मालबहाक सवारीले घुम्ती मोड्को लागि घण्टौ लगाउने भएका कारण थप समस्या पैदा भएको बैकमा खुद्रा नोट साट्न आएका तिलाहारका रामबहादुर लामिछाने बताउँछन् । सडकमा निर्माणका समाग्री र ठूला सवारी साधनका कारण सडक वारपार गर्नको लागि समेत कठिन भएको उनको तर्क छ ।
     सोमबार खुद्रा पैसा साट्नको लागि सदरमुकाम आएका उनले बैकमा खुद्रा पैसा पनि नपाएको समेत गुनासो गरे । खोजेजति र आवश्यक  परेको खुद्रा नोट बैंकले नदिएको उनको तर्क छ ।
    सडकमा निर्माणका समाग्री राख्न नहुने स्थानीय राजु पौडेल बताउँछन् । चाडपर्वको समयमा बजारमा चहलपहल बढ्ने  भएकोले सडकमा निर्माणका समाग्री राख्दा सर्वसाधरणलाई समस्या पैदा हुने र यसमा        नगरपालिकाले विशेष ध्यान दिनुपर्ने उनको तर्क छ ।
    जिल्ला प्रहरी कार्यालय पर्वतले चाडपर्वलाई लक्षित गरी सवारी साधनमा चेकजाँचलाई तिब्रता दिएता पनि बजारभित्रका गल्लीमा भने खासै ध्यान दिन सकेको छैन । हाइवेलाई लक्षित गरी प्रहरीले सवारी साधनमा निग्रानी बढाएता पनि बजारभित्र ठूला सवारी साधनले चाम भएको पत्तो पाउन सकेको छैन् । सडक निर्माणका समाग्रीले जाम गराएको कुरामा जिप्रका बेखर छ ।
    नगरपालिकाले बजारक्षेत्रको सुरक्षाको लागि जिम्मा लिनुपर्ने भएता पनि नगरपालिका स्वयम असुरक्षित देखिन्छ ।
    नगर क्षेत्रको सुरक्षाको लागि नगर प्रहरीको व्यवस्थापन गर्नको लागि नगरपालिकाले पहल गर्न सकेको छैन जसका कारण पनि नगरबासीलाई शान्ति सुरक्षा दिनको लागि नगपालिका प्रहरीको भर पर्नुपर्ने बाध्यता छ तर प्रहरी यसमा नगरपालिकाले विकल्प खोज्नुपर्ने सुझाव दिन्छ ।
    प्रहरीले सवैतिर हेर्न पर्ने भएका कारण नगरको सुरक्षाको लागि नगरप्रहरीको व्यवस्थापन गर्न नगरपालिकाले सकेमा आफुहरुलाई निकै सहज हुने बताउँछ । बजारभित्र ठाउँठाउँमा  प्रहरी विट भएता पनि ती विटले बजारभित्र सडकमा भएको जामको बारेमा बेखबर छन् । त्यसमा उनीहरुले पनि पहल गर्न सकेको अबस्था छैन ।
    जिल्ला प्रशासनको नाकैमुनि निर्माणका समाग्रीले सडक जाम भएको छ, पटकपटक प्रशासन तथा अन्य सरकारी निकायका सवारी साधन मुश्किलले बाटो क्रस गर्छन तर पनि सडकमा राखिएको निर्माणका समाग्री हटाउनको लागि पहल गर्न सकेको अबस्छथा छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै