२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु : व्यवस्थापकीय कमजोरी भएको निष्कर्ष

२०८०, २९ भाद्र शुक्रबार ११:५१

भदौ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा कान्ति बाल अस्पतालको कमजोरी भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गोपालीको मृत्यु हुनुमा आकस्मिक कक्षमा उपचार लागि खटिएका जनशक्तिको संवेदनशीलता र व्यवस्थापकीय कमजोरी जिम्मेवार रहेको बताएका छन् ।

भदौ १८ गते बेलुका उपचारका अस्पताल पुगेकी मकवानपुर स्थाथी ठेगाना भई हाल काठमाडौं महानगरपालीकाको बाफल बस्ने गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएपछि तीन सदस्य छानबिन समिति गठन भएको थियो ।


उक्त छानबिन समितिलाई पाँच दिनको समय दिइएको थियो । त्यसले आफ्नो प्रतिवेदन पेस गरिसकेको जानकारी दिए ।

आकस्मिक कक्षमा खटिएका स्वास्थ्यकर्मीले संवेनशीलता नदेखाउनु र तत्काल सुधारका बाटोहरूलाई कार्यन्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै त्यस्ता प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको बताएका हुन् ।

‘प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रदर्शन हुनुपथ्यो, त्यो गर्न नसकिएको तितो यर्थाथले हामीलाई सधैँ झकझक्याउने उल्लेख गर्दै अस्पतालले विगतदेखि महसुस गरेका तर तत्काल सुधारका बाटोहरूलाई कार्यन्वयन गर्न नसकेका विभिन्न व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष पेस गरेको छ,’ प्रचण्डले भने ।

सोही समितिले बुझाएको प्रतिवेदनले अस्पतालले आफ्नो तहबाट गर्न सकिने सुधारको थालनी तत् समयबाट गरिसकेको र अझै गर्नुपर्ने सुधारका निम्ति आफ्नो पहल कदमीले मात्र सम्पादन गर्न नसक्ने कार्यका लागि तालुक निकायको सहयोगको अपेक्षा गरेको उल्लेख गरिएको उनले बताए ।

‘सरकारका तर्फबाट यस्ता घटनामा दोषी पाइए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालने विश्वास समेत म यस सम्मानित सदन समक्ष दिलाउन चाहान्छु’, उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना