2026-07-05 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुकुम्वासीहरु भने- सुरक्षित व्यवस्थापन गरेरमात्र बस्ती हटाऊ

2016-10-04

असोज १८, विराटनगर । विराटनगर ५ कंचनबारी नहर छेउमा रहेको ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासीहरुले सुरक्षित व्यवस्थापन गरेर मात्र बस्ती हटाउन माग गरेका छन् । आज विहान पत्रकार सम्मेलनको आयोजना  गर्दै सुकुम्वासीहरुले विकासका काममा अवरोध नगर्ने तर सुरक्षित वासको व्यवस्थापन नहुञ्जेल बस्ती खाली नगर्ने बताएका छन् । 

आफुहरुलाई उचित रुपमा व्यावस्थापना गर्ने दायित्व सरकारको समेत रहेको बताउदेै उनिहरुले समन्धित निकायले सुकुम्वासी बस्तीलाई सुरक्षित रुपमा स्थानान्तरण गर्न जोड दिएका छन । 

सुकुम्वासी अगुवाहरुले चाडपर्वको समयमा बालबालिका तथा वृद्धवृद्धा लिएर जाने अवस्था नभएकाले जवरजस्ती हटाउन खोजे आन्दोलन गर्ने चेतावनी बताएका छन ।  

विगत ४० वर्षदेखि सो स्थानमा बस्दै आएको बताउँदै सुकुम्वासी समाज नहर टोलका संयोजक अनुप लामाले उचित व्यवस्थापन नभएसम्म आफूहरुले जग्गा खाली नगर्ने प्रस्ट पार्नुभयो ।उहाँले उपमहानगरपालिका ले जवरजस्ति रुपमा हटाउन खोजे त्यसलाई सशक्क्त रुपमा प्रतिकार समेत गर्ने एक सहभागि सुकुम्वासीले बताउनुभयो ।  

एक बिघा ८ कठ्ठामा फैलिएको ऐलानी जग्गामा अहिले ५५ घर परिवारका करिब ३ सय जना बसोबास गरिरहेका छन् । विराटनगर उपमहानगरपालिकाले व्यावस्थित सहर निमार्ण गर्ने जनाउदै असोज ४ गते पत्र काट्दै ३० दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको थियो ।

सुकुम्वासीले आफनो उचित रुपमा व्यावस्थापना गराउन माग गदै उपमहानगरपालिका लाई ध्यानआकर्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै