२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रयोकर्ताको लोकेसन ट्रयाक गर्ने गुगलमाथि १२ अर्ब ३५ करोड जरिवाना

२०८०, ३१ भाद्र आईतवार ०७:१९

भदौ ३१, काठमाडौँ | के गुगलले सधैं प्रयोगकर्ताको अवस्थिति अर्थात् लोकेसन ट्रयाक गरिरहेको हुन्छ ? गुगलले आफूमाथिको यस्तो आरोप अस्वीकार गर्दै आएको छ, तथापि गुगलमाथि पटक-पटक यो आरोप लाग्ने गर्दछ ।

कहिले म्याप एकुरेसीको नाममा त कहिले नयाँ प्रडक्ट तथा फिचर्स विकास गर्नका लागि । साथै सान्दर्भिक विज्ञापन देखाउनका लागि पनि गुगलले प्रयोगकर्तालाई ट्रयाक गरिरहेको हुन्छ ।

जब तपाईंले कुनै सामान खरिद गर्ने विषयमा कुराकानी गर्नुहुन्छ, तब गुगलले तपाईंलाई त्यस्तै सामानको विज्ञापन देखाउन थाल्दछ । गुगल आफ्ना प्रयोगकतालाई विभिन्न कारणले ट्रयाक गर्दछ । यद्यपि आफूले प्रयोगकर्तालाई ट्रयाक नगर्ने जिकिर उसको रहँदै आएको छ ।

प्रयोगकर्ताले ट्रयाकिंग डिसेबल गरेपछि उनीहरुको लोकेसन ट्रयाक नहुने दाबी गुगलको छ । तर गुगलको यस्तो दाबी सत्य नभएको पुष्टि भएको छ ।

हालै एउटा मुद्दामा गुगलमाथि उपभोक्ताहरुलाई दिग्भ्रमित बनाएको आरोप लागेको छ । प्रयोगकर्ताको लोकेसन कसरी ट्रयाक गरेर त्यसलाई संग्रहित गरिएको हुन्छ भन्ने बारेमा गुगलले सही जानकारी नदिएको अभियोग गुगलमाथि लागेको छ ।

साथै उक्त मुद्दालाई टुंग्याउनका लागि गुगलले ९ करोड ३० लाख डलर अर्थात् करिब १२ अर्ब ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ ।

अमेरिकाको क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाले गुगलविरुद्धको उक्त मुद्दा दायर गरेका थिए । जसमा गुगलले प्रयोगकर्ताको लोकेसन कन्ट्रोलका विषयमा गलत जानकारी दिइएको अभियोग लगाइएको छ ।

महान्यायाधिवक्ताले भनेका छन्, ‘हाम्रो छानविनबाट के पत्ता लागेको छ भने गुगलले लोकेसन डिसेबल गरेपछि उसले प्रयोगकर्ताको लोकेसन ट्रयाक नगर्ने बताएपनि वास्तवमा त्यसको उल्टो काम गरिरहेको छ । कम्पनीले आफ्नो फाइदाका लागि लगातार प्रयोगकर्ताहरुको गतिविधि ट्रयाक गर्ने गरेको छ ।’

गुगलले भने उक्त आरोप स्वीकार गरेको छैन, तथापि ऊ सो मुद्दालाई मिलाउनका लागि तयार भएको छ । यसका लागि गुगल ९ अर्ब ३० करोड डलर क्षतिपूर्तिसहितका अन्य दायित्व निर्वाह गर्न पनि तयार भएको छ ।

साथै प्रयोगकर्ताको लोकेसन ट्रयाकिंगसम्बन्धी कार्यलाई अझै पारदर्शी बनाउने र प्रयोगकर्ताको लोकेसन प्रयोग गर्नुअघि उनीहरुलाई जानकारी दिने लगायतका कदम चाल्ने पनि उसको प्रतिवद्धता छ ।

स्मरणहोस्, प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने वा उनीहरुको कुराकानी तथा गतिविधिको निगरानी गर्नेमा केवल गुगल मात्र एक्लो होइन । अन्य विभिन्न ठूला प्रविधि कम्पनीहरुमाथि पनि यस्तै आरोप लाग्ने गरेको छ ।

फेसबुकको मातृ कम्पनी मेटामाथि त यहीँ अंग्रेजी वर्षको सुरुआतमा एक अर्ब २० करोड युरो जरिवाना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना