२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकाबाट हुलाकमार्फत् नेपालमा गाँजा तस्करी, डेलिभरी गर्ने ६ जना पक्राउ

२०८०, ३१ भाद्र आईतवार ०८:५२

भदौ ३१, काठमाडौँ | अमेरिकाबाट हुलाकमार्फत् पठाइएको लागु औषध खैरो हेरोइन र गाँजासहित ६ जना पक्राउ परेका छन्। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको हो। 

अमेरिकाबाट खैरो हेरोाइन र गाँदा हुलाकमार्फत् काठमाडौं पठाइ काठमाडौंबाट बाहिरी जिल्लामा डेलिभरी भइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। 

ब्यूरोका अनुसार भदौ १९ गते गोश्वारा हुलाका कार्यालय डिल्लीबजारमार्फत् जिल्ला हुलाक कार्यालय वीरगन्ज प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन (बक्स) शंका लागेर चेकजाँच गर्दा ९०० ग्राम गाँजा फेला परेको थियो। ब्यूरोको टोलीले कार्टुन लिन आउने व्यक्तिको पिछा गर्दै जाँदा वीरगन्ज–१६ बस्ने ३२ वर्षीय डल्लु राम र सोही ठाउँका ४३ वर्षीय हविव मियालाई पक्राउ गरेको थियो। 


यस्तै, भदौ २४ गते अमेरिकाबाट हुलाकमार्फत् पठाइएको कार्टुन बक्स पोखरा पठाइएको थियो। उक्त कार्टुन बक्स चेक गर्दा १ किलो ४०० ग्राम गाँजा फेला परेको थियो। पछि प्रहरीले उक्त कार्टुन कन्ट्रोल डेलिभरी गरी पार्सल लिन आउने भारतीय नागरिक २४ वर्षीय अजिन वर्गेसलाई पोखराबाट पक्राउ गरेको थियो। भारतीय नागरिक वर्गेसको कोठामा खानतलासी गर्दा थप ७२० ग्राम गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ।

भदौ २४ गते नै गोश्वारा हुलाक कार्यालय काठमाडौं, डिल्लीबजारमा आएको अर्को पार्सल (१ कार्टुन बक्स) चेक गर्दा पनि प्रहरीले गाँजा फेला पारेको थियो। उक्त पार्सल लिन आएकी डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ की ३९ वर्षीया रेनुका तामाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

तामाङले उक्त पार्सल आफूलाई भारतीय नागरिकहरु अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भन्ने बयान दिएकी थिइन्। तामाङको बयानका आधारमा प्रहरीले भारतीय नागरिक अरुण र मोहम्मद नइमलाई पनि पक्राउ गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना