2026-07-24 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलिउड अभिनेत्री प्रजक्ता कोलीको नेपाली युवकसँग इन्गेजमेन्ट

असोज १, काठमाडौँ | बलिउड फिल्म ‘जुगजुग जियो’की अभिनेत्री प्रजक्ता कोलीले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी छन् । १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतबार आफूहरुबीच इन्गेजमेन्ट भएको जनाएका छन् ।

भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् ।

इन्स्टाग्राममा इन्गेजमेन्ट औंठीसहित वृशांकसँगको रोमान्टिक तस्वीर सेयर गर्दै कोलीले लेखेकी छन्, ‘वृशांक खनाल अबदेखि मेरो पूर्वप्रेमी ।’ वृशांकले पनि इन्स्टाग्राममा उनीसँगका रोमान्टिक तस्वीर सेयर गरेका छन् । यो जोडीलाई थुप्रै फ्यानले शुभकामना दिइरहेका छन् ।

बलिउड अभिनेता तथा प्रजक्ताका को–स्टार अनिल कपुरले पनि हार्ट–इमोजी प्रस्तुत गर्दै बधाई भन्दै कमेन्ट गरेका छन् । वरुण धवनले केही रेड हार्टसहितको कमेन्ट गरेका छन् । सान्या मलहोत्रा, मनिष पौल, रोहित सर्राफ, नेहा कक्कर, सारा तेन्दुलकर, कुसा कापिला, अरमान मलिक, आतिथ्या सेट्टी, भारती सिंह, लिली सिंह, सञ्जना सांगी लगायतले पनि मीठो सन्देश दिएका छन् ।

यी दुवै जना अहिले अमेरिकामा छन् । वृशांकले अमेरिकामा कानुन व्यवसाय गर्दै आइरहेका छन् । काठमाडौं घर भएका वृंशाक मुम्बईमा रहँदाखेरि नै प्रजक्तासँग साथी बनेका थिए । प्रजक्ताले ‘जुगजुग जियो’बाहेक विद्या बालन स्टारर ‘नियत’ र अर्को फिल्म ‘मिसम्याच्ड’मा पनि अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक