2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

शिक्षा कार्यालय रोल्पाले दियो सुर्योदय मावि सुलिचौरलाई १६ लाख

असोज १८, रोल्पा । जिल्ला शिक्षा कार्यालय रोल्पाले सुर्योदय मावि सुलिचौर रोल्पालाई रु १६ लाख सहयोग गर्ने भएको छ । 

विद्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत रहेको भौतिक निर्माणतर्फको दुईकोठे भवनका लागि रु १६ लाख सहयोग गर्न लागिएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

पौडेलका अनुसार उक्त माविले यसै वर्षदेखि माध्यमिक तहको कक्षा ११ र १२ सञ्चालन गर्नुका साथै प्राविधिक शिक्षा सञ्चालन गर्न लागेको हुँदा भौतिक पूर्वाधार निर्माणका लागि सो रकम सहयोग गर्न लागिएको हो । 

जिल्ला शिक्षा कार्यालयको आव २०७३०७४ को वार्षिक कार्यक्रम अनुसार रु १६ लाखको आर्थिक सहयोगमा दुई कोठे भवन निर्माणका लागि जिल्लामा २५ कोटा प्राप्त भएकोमा सोमध्येबाट एउटा कोटा सुलिचौर माविलाई उपलब्ध गराउन लागिएको हो । 

यसैगरी, प्राथमिकताको क्रम निर्धारण गरेर श्रोत केन्द्रबाट सिफारिससहित निवेदन दिएमा अन्य २४ वटा विद्यालयलाई पनि दुई कोठे भवन निर्माणका लागि रु १६ लाखका दरले सहायोग गर्न सकिने पौडेलले बताउनुभयो । 

दुई कोठे भवन निर्माणका लागि जिल्लामा यस वर्ष रु चार करोडको अख्तियारी आएको जिल्ला शिक्षा कार्यालय रोल्पाका शाखा अधिकृत मोहन दाहालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई