असोज १८, बर्दिया । नेतृत्व विकास तथा महिला अधिकारसम्बन्धी तालिम यहाँ सम्पन्न भएको छ ।
पदनाहा गाविस–२ स्थित सनराइज रेडियो स्रोता समूहको आयोजनामा पाँचदिने तालिम सञ्चालन भएको हो । ग्रामीणस्तरका महिलामा नेतत्व विकास र राज्यले दिएको महिला अधिकारसम्बन्धी जानकारी साझेदारी विकास परियोजनाअन्तर्गत इक्वेल एक्सेसद्वारा सञ्चालित स्रोता समूहले दिएको थियो ।
तालिममा सहभागीलाई सिकाइसम्बन्धी सिद्धान्त, सिकाइका तह, सकारात्मक सोच, नेतृत्व, सहजीकरणको मान्यता, असल सहजकर्ताको भूमिका, सुनाइका बाधा, प्रभावकारी सुनाइ विधि, सहभागिताका किसिम, लैङ्गिकताका आधारमा महिला र पुरुषको कार्य जस्ता विषयमा सहजीकरण गरिएको थियो ।
तालिममा पदनाहा गाविसका वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, महिला सशक्तीकरण समूह, युवा सञ्जाल, आमा समूह, कृषक समूह, गाविस र स्रोता समूहका मानिसको सहभागिता थियो । रासस