२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कुलेश्वरको एक चिनी गोदाममा सिलबन्दी

२०८०, ३ आश्विन बुधबार ०९:३३

असोज ३, काठमाडौँ | वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुलेश्वरको एक गोदाममा सिल गरेको छ। पाँचवटा कोठामा शंकास्पद चिनी र दाल भण्डारण गरिएको पाइएपछि उक्त गोदाममा सिल गरिएको विभागले जनाएको छ।

म‌ंगलबार उक्त गोदामबाट हिरा ब्राण्डको २ बोरा र लुम्बिनी ब्राण्डको मसिनो चिनी २ बोरा नमुना परीक्षणका लागि नियन्त्रणमा पनि लिइएको छ। सञ्चालकलाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन समेत दिइएको विभागले जनाएको छ।


विभागको टोलीले अनुगमन गर्ने क्रममा कुलेश्वर क्षेत्रको एक व्यापारिक फर्मले बिक्रीका लागि राखेको चिनी तथा दलहनमध्ये केही बोरामा कैफियत भेटिएको थियो।

यस्तै मूल्य सूची र दर्ता प्रमाणपत्र नराख्ने सामाखुसीको एक फेन्सी पसललाई विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

यसैगरी चाबहिलस्थित ३ वटा खाद्य पसललाई १०/१० हजारका दरले ३० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ।

विभागले काठमाडौं उपत्यका भित्रका क्षेत्रहरूमा दैनिक उपभोग्य खाद्यान्न, माछामासु, औषधीजन्य तथा तरकारीजन्य ३० वटा व्यावसायिक फर्मको अनुगमन गरेको थियो। जसमध्ये ४ वटा फर्मलाई विभिन्न कसुरमा ८० हजार जरिवाना गरिएको  छ।  १० वटा फर्मसंग थप कागजात माग तथा १६ फर्मलाइ सामान्य निर्देशन दिइएका विभागले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना