२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सात महिनादेखि पानी पनि नपिएको दाबी : सम्भव छ यस्तो अलौकिक क्षमता ?

२०८०, ३ आश्विन बुधबार १२:०८

असोज ३, ललितपुर | ललितपुरका राजेन्द्र रेग्मीले आफू सात महिनादेखि पानी समेत नपिई बाँचेको दाबी गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर महालक्ष्मी नगरपालिका लुभु–८ का रेग्मीले आफू भगवान् शिवको अनन्य भक्त भएको र आफूले गत फागुन महिनादेखि पानीसमेत नपिई बाँचेको जिकिर गरे । 

‘म निराहार बाँचिरहेको छु । विश्व मानवभन्दा फरक शरीर मैले पाएको छु । यो शरीरलाई नेपालले मात्रै होइन, विश्वको मेडिकल साइन्सले हेर्नुपर्छ । मैले ०७६ सालदेखि नै मलाई शरीरमा कम्पन आउने भएको थियो । यो बीचमा मैले हरेक देवीदेवताको दर्शन गरेको छु । ०७९ फागुन ३ गते राति १२ः१० बजे म सुतेको थिएँ । झसंग उठ्दा म उडेको जस्तो भयो । १२० केजीको मान्छे म सपना देखेर उठ्दा त ४० केजी वजन घटेछ । ४८ इन्चको कम्मर ३४ इन्चको भयो । जल लियो भने खुट्टामा पुग्ने अवस्था भयो । म गत फागुनदेखि निराहार छु,’ उनको दाबी छ । 


उनले आफूले ०७६ सालदेखि भोजन बन्द गरेको स्पष्ट दाबी गर्दै आफू घण्टौँसम्म पनि चिसो वा तातो दुवै पानीले समाधि गर्न पनि सक्षम रहेको बताए । 

आफ्नो अलौकिक क्षमताको परीक्षणको लागि आफूले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई पत्राचार गरेको भन्र्दै उनले सार्वजनिक रूपमै आफू परीक्षणका लागि तयार रहेको बताए । उनले भने, ‘मेरो क्षमताको उजागर गरियोस् । त्रिविका पदाधिकारीलाई भन्दा चासो देखाइएन । नेपालका सम्पूर्ण मिडियालाई अनुरोध छ । म सात महिनादेखि निराहार हो कि होइन ? मलाई जाँच होस् । 

निरन्तर सात महिना भयो, मैले पानी पनि खाएको छैन । निराहार प्रुफ हुनुपर्यो । जलधारा दिएर म जति पनि बस्न सक्छु ।’ 

उनले सिसिटिभी राखेर मिडियाहरूको उपस्थितिमा आफूलाई निराहार र अलौकिक क्षमताको परीक्षण गर्ने वातावरण बनाउन सरकारदेखि सरोकारवालासम्मलाई अनुरोध गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना