२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गर्भवती भएपछि खुल्यो सामूहिक बलात्कारको घटना, चार जना पक्राउ

२०८०, ४ आश्विन बिहीबार १२:२६

असोज ४, डडेलधुरा | डडेलधुरामा एक महिलामाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ। महिला गर्भवती भएपछि गत वैशाखमा चार जनाले युवाले उनीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो।

प्रहरीले जिल्लाको भागेश्वर गाउँपालिकाकी २० वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने चार जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

महिलालाई सामूहिक रुपमा जबर्जस्ती करणी गर्ने चारै जनाले आरोपमा स्वीकारेपछि पत्रकार सम्मेलनमार्फत् उनीहरूलाई सार्वजनिक गरिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए। प्रहरीले भागेश्वर गाउँपालिका–३ ओडगाउँका २३ वर्षीय कमल ओड, सोही ठाउँका १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो।


उनीहरूमाथि गत वैशाखमा ती महिलालाई सामूहिक बलात्कार गरेको आरोप छ। ‘ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेपछि घटना बाहिरिएको हो,’ डीएसपी कार्कीले भने, ‘केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर–३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन्। त्यहाँ शिविरमा उनको भिडिओ एक्सरे गरेपछि उक्त घटना बाहिर आयो।’

उजुरीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पीडित महिलाले घटनामा संलग्नमध्ये एक जनाको हात र घाँटीमा टाटु रहेको जानकारी प्रहरीलाई दिएकी थिइन्।

पीडित महिला विवाहित हुन्। ती महिलाका श्रीमान् डेढ वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा छन्। पीडित महिला एक छोरीकी आमा हुन्। स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते घरको गोठमा बेलुकीको समयमा गरी दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले पत्रकार सम्मेलनमा बताए। 

पक्राउ परेका चारै जनाविरुद्ध अनुसन्धानका लागि बिहीबार डडेल्धुरा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना