2026-07-24 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जनालाई प्रहरी‍ले लियो नियन्त्रणमा

असोज ५, बाँके। बाँकेमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका  प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी ३० जना भागेका थिए।

उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको डिएसपी डाँगीले  बताए।

बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले पनि दुई समूहको झडपले बाल सुधार गृह रातभर तनावग्रस्त भएको बताए। अवस्था अहिलेसम्म मत्थर नभएको उनले जानकारी दिए।  

‘हामी बालसुधार गृह भित्र जान मिल्दैन र भित्र अहिले पनि होहल्ला र तनाव कायमै छ,’ एसपी राठौरले भने ‘ यो बाल सुधार गृह भित्र बस्दै आएकाहरुको छाडापनि र आन्तरिक लफडाको कारण सृजित अवस्था हो।’

बालगृहमा रहेका २५४ जना मध्य १६५ जना १८ बर्ष माथिका रहेको र उनीहरुकै कारण असहजस्थिति सृजना भएको एसपी राठौरले जानकारी दिए।

‘अहिले पनि भित्र त्यस्तै हो हल्ला छ,’ एसपी राठौरले भने ‘ उमेर पुगेका बयस्कहरुपनि छन्, तरपनि उनीहरु राज्यका नजरमा बालक हुन्।’

उनीहरुले बदमासी गर्दैनन् र गरेपनि त्यो बाल बिजग (बाल बिठ्याँई) मात्रै हुन्छ भन्ने राज्यको मान्यताका कारण प्रहरीले भित्र प्रवेश गरी हस्तक्षेप गर्न सक्ने अवस्था नरहेको प्रहरी अधिकारीहरु बताउँछन्।

झगडामा सामेल र उग्रता पर्दशन गरी रहेकाहरुलाई बाहिरी जिल्ला स्थानान्तरण गर्ने तयारी भइरहेको एसपी राठौरले बताए।

‘हामीले माथि सोही अनुसार पत्राचार गरेका छौं, आग्रह गरेका छौं,’ उनले भने। माथिल्लो निकायबाट आग्रह गरीएअनुसारको जवाफ आए बाल सुधार गृहमा झगडा गर्नेहरूलाई स्थानान्तरण गरीने उनले बताए।

बाँकेका प्रमुख जिल्ला अधिकारी बिपीन आचार्यले स्थिति बिस्तारै सुधारउन्मुख रहेको बताए।

‘अहिले दुबै पक्षका बीचमा बार्ता र संवादको तयारी भइ रहेको छ,’ प्रजिअ आचार्यले भने ‘वार्ता र संवादकै माध्यमबाट सुधार गृह भित्रको वातावरण विस्तारै सामान्य बनाउने प्रयास भइ रहेको छ।’

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएका ११ मध्य उपचारका क्रममा एक जनाको मृत्यु भइ सकेको छ।

रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४  का १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा राति नै मृत्यु भएको थियो। केसी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेका थिए।

घाइते १० जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार जारी छ। घाइते मध्य एक जनाको अवस्था अझैं गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। अन्यको स्वास्थ्य अवस्था भने क्रमस सुधार उन्मुख रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक